भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ललितपुरमा ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान चलाइँदै


  • पुष २७, २०७७
  • 585 Views
ललितपुरमा ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान चलाइँदै image

काठमाण्डाैं ।  सहरी सुन्दरता र स्वच्छ वातावरणको परिकल्पना गर्दै साइकल प्रयोगलाई जोड दिएको ललितपुर महानगरपालिकाले ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान चलाउने भएको छ । महानगरले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को प्राविधिक सहयोगमा अभियान सञ्चालन गर्न लागेको हो ।
साइकल प्रयोगकर्तालाई प्रोत्साहन गर्न महानगरले आफ्नो क्षेत्रका मुख्य सडकमा यसअघि नै साइकल लेन निर्माण गरिसकेको छ । महानगरका मेयर चिरिबाबु महर्जन र युएनडिपीका आवासीय प्रतिनिधि आस्वानी मिडागानगोडाले अभियान सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

युएनडिपीको ‘ग्रिन एन्ड गेम’ परियोजनाको सहयोगमा महानगरले अभियान सञ्चालन गर्न लागेको हो । अभियानअन्तर्गत एउटा मोबाइल एप तयार गरिनेछ । साइकलयात्रीले मोबाइल एप ओपन गरी साइकलको प्रयोग गर्नुपर्नेछ । एपमार्फत साइकलले पार गरेको सडकको दूरी नापिनेछ र त्यसका आधारमा साइकलयात्रीलाई पुरस्कारको प्रदान गरिने महानगरले जनाएको छ । ‘साइकल प्रयोगमा महानगरवासीको संख्या बढाउन यस्तो अभियान सञ्चालन गर्न लागिएको हो, यसमा अन्य उपहारका योजना पनि छन्,’ मेयर महर्जनले भने ।

साइकल चलाउन इच्छुक भएको, तर खरिद गर्न नसकेका दुई सयजनालाई साइकल खरिदका लागि समेत अनुदानको व्यवस्था गरएको महानगरले जनाएको छ । यसअघि महानगरले १० किमि क्षेत्रमा साइकल लेन निर्माण गरेको छ । थप २२ किमि सडकमा साइकल लेन निर्माणका लागि टेन्डर गरेको छ ।

नयाँ पत्रिका दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.