भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

वायु प्रदूषण मानव स्वास्थ्यलाई अत्यन्तै घातक ? कसरी जोगिने ?


  • पुष २२, २०७७
  • 715 Views
वायु प्रदूषण मानव स्वास्थ्यलाई अत्यन्तै घातक ? कसरी जोगिने ? image

काठमाडौं  वायु प्रदूषणलाई धूमपानभन्दा घातक मानिन्छ। यसबाट श्वासप्रश्वास, क्यान्सर एवं मुटुजन्य समस्याको जोखिम हुने चिकित्सक बताउँछन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा। नीरज बम वायु प्रदूषण धूमपानभन्दा हानिकारक रहेको बताउँछन्।

सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको वातावरण विभागले जनाएको छ। विभागले बालबालिका, वृृद्धवृद्धा एवं दमखोकीजस्ता स्वासप्रश्वाससम्बन्धि र मुटुका बिरामीलाई घरबाहिर ननिस्किन अपिल गरेको छ। काठमाडौं उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरु नेपालगन्ज र विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च पाइएको छ। काठमाडौंवासीले आँखा पोल्ने गरेको गुनासो गरेको चिकित्सक बताउँछन्।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले १० मृतकमध्ये एक जनाको वायु प्रदूषणबाट ज्यान जाने गरेको जनाएको छ। कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा युद्धसहित सबै खाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको दाबी गरिएको छ। वायु प्रदूषणका कारण हुने मृत्युको संख्या धूमपानबाट हुनेभन्दा धेरै भएको उक्त अध्ययनमा उल्लेख छ।

‘काठमाडौं उपत्यकामा पुराना सवारी साधन धूवाँको मुस्लो छाड्दै गुडिरहेका छन्। सडक भत्काउने तर समयमा नबनाउने गर्दा धुलोका कणहरु बढेका छन्’, डा। बम भन्छन्, ‘जाडोमा आद्र्रता ९ह्युमिडिटी० घट्ने हुँदा हावा सुख्खा हुन पुग्छ। यस्तो बेला विभिन्न भाइरस र ब्याक्टेरियाका लागि अनुकूल समय मानिन्छ।’

इन्फ्लुएन्जा, राइनो, एडिनो, रेस्पिरेटरि सेन्सियल ९आरएसभी० लगायत भाइरसका लागि अहिलेको वायु प्रदूषण अनुकूल रहेको उनी बताउँछन्। यसले दम, क्रोनिक अब्सट्रक्टिभ ब्रोङकाईटिस, एलर्जिक ब्रोङकाईटिस, ब्रोङ्कल आज्मालगायत रोग उत्पन्न गराउने उनको भनाइ छ। ‘विभिन्न भाइरसले एलर्जी र निमोनियाका साथै जटिल प्रकारको स्वासप्रश्वासजन्य समस्यासमेत गराउँछन्’, उनी भन्छन्, ‘फोक्सोको संक्रमण बढाउँछ।’

जाडो समयमा बढेको वायु प्रदूषणले गर्दा धुलो धुवाँका कणहरु टाँसिएर मुख र नाकबाट छिर्ने गर्छन्। यसले श्वासनलीमा एलर्जि गराउने चिकित्सक बताउँछन्। कोभिड १९ पनि श्वासप्रश्वासजन्य भाइरस भएकाले कोरोना संक्रमणको जोखिम पनि उच्च हुन्छ।

‘अल्पकालिन समस्यासँगै दीर्घकालिन स्वास्थ्य समस्या पनि वायु प्रदूषणका कारण हुने गरेको छ, ‘वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। सुदीप श्रेष्ठ भन्छन, ‘वायु प्रदूषणले शरीरका विभिन्न अंगमा क्यान्सर गराउँछ। चुरोट सेवन नगर्नेलाई पनि फोक्साको क्यान्सर भएको छ। यसका साथै छाला, आँखालगायत अंगमा क्यान्सर गराउँछ।’

वायु प्रदूषणले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउने भएकाले मास्क लगाउनुपर्ने सुझाव डा। बमको छ। ‘यति बेला सबै उमेरका व्यक्तिहरु नै घरबाहिर भरसक ननिस्कनु नै राम्रो हो’, उनी भन्छन्, ‘निस्कनै परे विशेष सावधानी अपनाउनुपर्छ। मास्क लगाउने र दिउँसोतिर हिंडनु उपयुक्त हुन्छ।’

वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकोले मौसम यस्तै भइरहे केहि समयसम्म प्रदूषण अझैं खराब हुने सम्भावना रहने हुनाले विशेष सावधानी अपनाउन वातावरण विभागले प्रेस विज्ञप्ति मार्र्फत अनुरोध गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.