DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘विदेशी मुद्रामा नेपाली बैंकमा खाता’


  • असार २९, २०७९
  • 387 Views
‘विदेशी मुद्रामा नेपाली बैंकमा खाता’ image

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधाका विषयमा बेलायतको लन्डनमा बृहत् अन्तरक्रिया गरेको छ। अन्तरक्रियामा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो।

लन्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र सिर्जनशील लेस्टर नेपाल युकेले कार्यक्रम आयोजना गरेका हुन्। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको बताए। ‘यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा छ,’ उनले भने।

अध्यक्ष ढकालले आईएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकताअनुरूप आफ्ना व्यावसायिक गतिविधि अगाडि बढाउँदै आएको बताए। ‘हामीले आईएमई रेमिट सुरु गरेको २२ वर्ष पुगेको छ। यो अवधिमा आईएमईले नेपालमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको छ। आज अन्य बैंक तथा रेमिट कम्पनीहरूमा जाने ग्राहकहरूले पनि पैसा पठाउन प¥यो भने आईएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ, उनले भने।

अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.