भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विद्यार्थीको भविष्यमा अंकुश लगाउने सञ्चालकलाई कारबाहीको माग


  • पुष २८, २०७८
  • 427 Views
विद्यार्थीको भविष्यमा अंकुश लगाउने सञ्चालकलाई कारबाहीको माग image

काठमाडौं । सात विद्यार्थी संगठनले विद्यार्थीबाट चर्को शुल्क माग्ने विराटनगरस्थित नोबेल मेडिकल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सत्तागठबन्धननिकटका सात विद्यार्थी संगठनले संयुक्त रूपमा तीनबुँदे माग राखी मंगलबार ध्यानाकर्षणपत्र बुझाएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिई एमबिबिएस, बिडिएसमा अतिरिक्त शुल्क तथा चर्को होस्टेल शुल्क मागेर नोबेल र केएमसीले सन् २०२१ ब्याचका विद्यार्थीलाई अध्ययनबाट समेत वञ्चित गराएका छन् । सात विद्यार्थी संगठनले आयोगले तोकेभन्दा बढी शुल्क लिने नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजमाथि छानबिन गर्न र विद्यार्थीमाथि लाद्न खोजिएको धाकधम्की र ठगीविरुद्ध कानुनबमोजिम कडा कारबाहीका लागि माग गरेका छन् ।

त्यसैगरी सेक्युरिटी कम्पनी र कलेजमाथि छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न र विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउन उनीहरूको माग छ । नोबेल मेडिकल कलेजमा उत्पन्न विवादमा सहजीकरण गर्न गएका विद्यार्थी प्रतिनिधिमाथि कलेज प्रशासन र सञ्चालकका भिजिलान्ते गुण्डाहरूले सुरक्षागार्डको पोसाक लगाएर कलेजको तर्फबाट विद्यार्थीमाथि ढुंगामुढा गरी घाइते बनाएको विद्यार्थी संगठनहरूको आरोप छ ।

ध्यानाकर्षणपत्रमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौँका अध्यक्षले हस्ताक्षर गरी ध्यानाकर्षणपत्र बुझाएका हुन् । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विद्यार्थीको मागमा गृहमन्त्री सकारात्मक भएको बताए । गलत गर्नेलाई कानुनअनुसार कारबाही गर्ने आश्वासन दिएको अध्यक्ष ढुंगानाले बताए । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.