भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विश्‍वभर मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो, २ करोड ७६ लाखबढी कोरोना संक्रमित, एक करोड ८६ लाख संक्रमणमुक्त


  • भाद्र २५, २०७७
  • 452 Views
विश्‍वभर मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो, २ करोड ७६ लाखबढी कोरोना संक्रमित, एक करोड ८६ लाख संक्रमणमुक्त image

काठमाडौँ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख २ सय ३९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या करिब दुई करोड ७७ लाख पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड ८६ लाखभन्दा बढी निको भएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहीबार बिहानसम्म ६३ लाख ५८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

त्यस्तै अमेरिकामा एक लाख ९० हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब २३ लाख ८७ हजार रहेको छ । त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख ७० हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ हजार ८ सय ९० पुगेको छ ।

भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब ३४ लाख निको भएका छन् । त्यस्तै ब्राजिलमा करिब ४१ लाख ६२ हजार संक्रमित भएका छन् भने एक लाख २७ हजारभन्दा बढी मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब ३५ लाख ७२ हजारभन्दा निको भएका छन् ।कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.