भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शैक्षिक खर्चका नाममा सात अर्ब बाहिरियो


  • पुष १६, २०७७
  • 516 Views
शैक्षिक खर्चका नाममा सात अर्ब बाहिरियो image

काठमाडौँ । कोरोना महामारीका कारण विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले रोजगारी गुमाएका कारण नेपालबाट विदेशिने शैक्षिक खर्च उच्च देखिएको छ । जब कि महामारीमा विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्यामा ह्वत्तै कमी आएको छ । तर नेपालबाट विदेशिने शैक्षिक खर्च घटेको छैन । विगतमा विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाँदा आफ्नो शैक्षिक खर्च आफैले काम गरेर जुटाउने गर्ने गरेका थिए ।

भने यो वर्ष कोरोना महामारी जोखिम बढेसँगै विद्यार्थीहरुले रोजगारी गुमाएका छन् । यसले गर्दा उनीहरु अभिभावकमाथि निर्भर हुनु परेको अभिभावकहरुकै गुनासो छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाका वैदेशिक अध्ययन अनुमति ९एनओसि०शाखा प्रमुख दिलनाथ पुरीका अनुसार यस आर्थिक वर्षमा साउनदेखि कात्तिक मासान्तसम्ममा नोअबजेक्सन लेटर एनओसी लिने विद्यार्थीहरुको संख्यामा गत वर्षको भन्दा ६ हजारले घटेको छ । यो अवधिमा यस वर्ष १२ हजार २ सय ५५ रहेको छ ।

जब की यही अवधिमा गत वर्ष १८ हजार ९ सय ११ ले एनओसी लिएका थिए । तर यो वर्ष करिब ७ अर्ब रुपैयाँ विदेशमा अध्ययनरत विद्यार्थीको नाममा शैक्षिक खर्चको रुपमा बाहिरिएको तथ्यांक छ । शाखा प्रमुख पुरीले एनओसी लिने सबै विद्यार्थीहरु विदेश अध्ययनमा जानकै लागि एनओसी लिने गर्छन् । तर यस वर्ष कोरोना महामारीको उच्च जोखिमका कारण शैक्षिक गनतब्य देशहरुमा शैक्षिक संस्थाहरु बन्द भएको कारण एनओसी लिनेहरु ह्वात्तै घटेको उनले बताए ।

विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको अध्ययनसँगै रोजगारी प्रमुख हो । तर यस वर्ष अमेरिका, जापान, अष्ट्रेलिया वेलायत तथा यूरोपियन देशहरुमा कोरोना महामारीको दोस्रो र तेस्रो लहरको जोखिम बढेपछि विद्यार्थीहरुले विदेशमा रोजगारी गुमाएको तिनका अभिभावकहरुको गुनासो छ ।

मन्त्रालयले असार महिनामा एनओसी अनलाइन उपलब्ध गराउने निर्णय गर्‍यो । भदौंदेखि एनओसी अनलाइनबाट उपलब्ध भयो,’ शाखा प्रमुख पुरीले नागरिकसँग भने ‘हाल एनओसी तीन किसीमले लिने गरेका छन् । विदेशमा अध्ययन गरीरहेका तर रोजगारी गुमाएर खाना, बस्ने र शुल्क तिर्न नसकेकोलाई रकम पठाउन, अर्को अध्ययन गर्न विदेशै जाने र तेस्रो अनलाइनबाट विदेशमा यो वर्ष भर्ना भएका तर नेपालमै बसेर अनलाइन कक्षा संचालन गरिरहेका विद्यार्थी छन् ।’

उनले थपे ‘शैक्षिक गन्तब्य रहेका देशहरुमा कोरोना महामारीको दोस्रो र तेस्रो लहर देखिएपछि त्यतातिर अन्तर्राष्ट्रिय उडानहरु पनि छैनन् । शैक्षिक परामर्स दाताहरुले पनि विदेशी अध्ययनको लागि फुलफेजमा काम गर्न नसकेकोले विद्यार्थी घटेका हुन् ।’

तर राष्ट्र बैंकका अनुसार यस वर्ष विदेशमा शैक्षिक खर्चको नाममा पठाइने रकममा कमी आएको छैन । बैंकका प्रवक्ता डा। गुनाकर भट्टका अनुसार यस वर्ष विदेशमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक खर्चको नाममा साउनदेखि कात्तिक मसान्तसम्म ६ अर्ब ८० करोड रकम बाहिरएको छ । उनले यस आर्थिक वर्षमा विदेशमै अध्ययन गर्ने विद्यार्थीको लागि शैक्षिक खर्च बाहिरिएको देखिएको जनाए ।

‘पहिले विदेश अध्ययन गर्न गएका विद्यार्थीहरुको लागि खाना, बस्ने र शुल्क वापत ६ अर्ब ८० करोड खर्च बाहिरएको देखिएको छ,’ प्रवक्ता भट्टले नागरिकसँग भने ‘कोरोना संक्रमण जोखिमका कारण विद्यार्थीले विदेशमा रोजगारी पनि गुमाएका होलान् । त्यही भएर रकम थपिनेनै भयो ।’ उनले थपे ‘स्नातक अध्यन गरीरहेका विद्यार्थीको हकमा अभिभावकले शुल्क, खान बस्ने खर्च पठाएकै देखिन्छ ।’

बेलायतमा अध्ययनरत छोरीकोलागि आफूले १८ लाख रुपैयाँ शैक्षिक खर्च पठाएको एक अभिभावकले बताए । ‘पोहोरसम्म हामीले छोरीलाई शैक्षिक खर्च पठाउनु परेको थिएन किन भने छोरी काम गर्दै आफै पढाई खर्च जुटाउने गरेकि थिइन्,’ति अभिभावकले नागरिकसँगको भेटमा भने ‘अहिले छोरीको रोजगारी गुमेको छ । कोरोनाका कारण छोरी घरमै बसेर अध्ययन गरिरहेकि छिन्।’ उनी थप्छिन्‘बेलायतमा नयाँ खालको भाइरस देखिएको छ । त्रास पनि छ । बच्चालाई तनाव दिनु भएन । पैसा पठाउनुनै पर्‍यो ।’नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.