भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शौच गर्न गएकी दलित किशोरीमाथि बलात्कार प्रयास


  • माघ १९, २०७७
  • 646 Views
शौच गर्न गएकी दलित किशोरीमाथि बलात्कार प्रयास image

सिराहा । सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ३ मा शनिबार मध्यराति एक १७ वर्षीया दलित किशोरीमाथि बलात्कार प्रयास भएको छ । बलात्कार गर्ने सोही ठाउँका २३ वर्षीय युवक फरार भएका छन् । इलाका प्रहरी कार्यालय लहानका अनुसार पप्पु भनिने कन्हैया यादवले बलात्कार प्रयास गरेको जाहेरी परेको छ । इप्रका लहानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले जाहेरी परेपछि किशोरीको स्वास्थ्य जाँच गरिएको बताए ।

‘शौच गर्न मध्यराति घरबाहिर गएका वेला २३ वर्षीय युवकले बलात्कारको प्रयास गरेको भनी पीडित परिवारले जाहेरी दिएको छ,’ डिएसपी दाहालले भने, ‘हामीले किशोरीको स्वास्थ्य जाँच गराएका छौँ, रिपोर्ट आएपछि आवश्यक प्रक्रिया अगाडि बढाउनेछौँ ।’ यादवले चार दिन पहिलेदेखि नै बलात्कार गर्ने धम्की दिएको किशोरीले बताएकी छिन् ।

परिवारका अनुसार घरपछाडि लुकेर बसेका यादवले किशोरीलाई लछारपछार गरी बलात्कारको प्रयास गरेका थिए । किशोरी चिच्याएपछि युवक भागेका थिए । त्यसपछि गाउँलेहरूले घरमा लुकेर बसेका युवकलाई पक्राउ गरी राति नै ठाढी चौकीका दुईजना प्रहरीलाई बुझाएका थिए । तर, युवकको घरका महिलाहरूले प्रहरीबाट खोसेर युवकलाई पुनः भगाएको स्थानीयले बताएका छन् । युवक भारतीय सीमातर्फ भागेका छन् । युवक भागेलगत्तै घरमा ताल्चा लगाएर महिलासहित परिवारका अन्य सदस्य पनि फरार भएका छन् ।

नयाँ पत्रिकाबाट…

 

 


Thali Mobile Pvt.Ltd.