भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सन्कट्टी घाटमा पक्की पुल बन्ने


  • माघ १७, २०७९
  • 284 Views
सन्कट्टी घाटमा पक्की पुल बन्ने image

टीकापुर। सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको गेरुवा गाउँपालिका जोड्न कर्णाली नदी सन्कट्टी घाटमा पक्की पुल बनाइने भएको छ । पुल सेक्टर नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले ७५० मिटर लामो पुल, पाँच मिटर कालोपत्रे बाटो र एक किलोमिटर नदी नियन्त्रणका लागि ठेक्का भएको जानकारी दिनुभयो ।

भण्डारीका अनुसार डिजाइनसहित भ्याटबाहेक एक अर्ब तीन करोडको ठेक्का भएको र चार वर्ष पाँच महिनामा काम पूरा हुनेछ । पुल बनाउन निर्माण कम्पनीले नै डिजाइन गर्नेछ भने सडक विभागले स्वीकृत गर्नेछ । रसुवा कन्स्ट्रक्सनका साइड इन्चार्ज कृष्ण ढुङ्गेलले तत्काल पुल बन्ने स्थान चयन गर्ने, माटो परीक्षण गरी अवस्थाअनुसारको डिजाइन गरेर यसै आर्थिक वर्षबाट काम सुरु गर्ने बताउनुभयो ।

यहाँबाट दैनिक हजार जति नागरिक डुङ्गाको सहायताले आवतजावत गर्ने गरेका छन् । पटकपटक सर्भे मात्रै हुने तर काम नहुने सन्कट्टी घाटमा पुल बन्ने भएपछि स्थानीय खुसी भएका टीकापुर नगरपालिका–२ का वडाध्यक्ष दीपक चौधरीले बताउनुहुन्छ । गेरुवा गाउँपालिका–३ का वडाध्यक्ष निर्मल थारूले टापुका जनताले नजिकको टीकापुरबाट बजार, स्वास्थ्य, पाउने बताउनुभयो ।

स्थानीय थर्कबहादुर शाहका अनुसार पुल निर्माणपछि पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज र टीकापुर पार्क आउजाउमा सहज हुनेछ । जसले गर्दा कृषि र पर्यटन विकासमा समेत टेवा पुग्नेछ । पूर्वतिर गेरुवा नदी, निकुञ्जको बफर जोन र पश्चिममा कर्णाली नदीका कारण गेरुवा गाउँपालिकाका बासिन्दाको जनजीवन कठिन छ । यहाँका बासिन्दाले राजमार्गको पहुँच पाउन हुलाकी राजमार्ग जानुपर्छ । गोरखा पत्र दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.