भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पूर्वगृहमन्त्री रविविरुद्ध युवा संघका महासचिव मैदानमा


  • माघ १७, २०७९
  • 334 Views
पूर्वगृहमन्त्री रविविरुद्ध युवा संघका महासचिव मैदानमा image

काठमाडौं । युवा संघ नेपालका महासचिव दिपक जिएमले पूर्व गृहमन्त्री रवि लामिछानेको सम्बन्धमा कडा टिप्पणी गरेका छन् । रवि लामिछानेले दोहोरो राहदानी प्रयोग गरेर गम्भीर प्रकृतिको अपराध गरेको उनले प्रश्न सहित आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै महासचिव जिएमले यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् ‘गृह देशको मुटु मन्त्रालय हो या होइन रु हाम्रो देशको आन्तरिक सुरक्षानीति र तिनी व्यक्तिबिचको सम्बन्ध के हुन्छ आज ? अब ती व्यक्ति राज्यको नजरमा कस्ता व्यक्ती हुन ? ति व्यक्तिले राहदानी दुरुपयोग (दोहोरो राहदानी प्रयोग) गरेका रहेछन । यो एक गम्भीर प्रक्रिती अर्को अपराध हो ।

यो मुद्दाको फैसला नहुन्जेलसम्म निज व्यक्ति नेपाल सरकारको अनुमति बिना देश छोड्ने र अन्य मुलुकका कुटनैतिक प्रतिनिधिसँगको भेटवार्ताले राज्यको सुरक्षा सम्बन्धी गोपनियता ’ के हुन्छ ’

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गत माघ ४ गते सर्वोच्च अदालतले अनागरिक घोषण गर्दै सम्पूर्ण सार्वजनिक पदमा रहन अयोग्य ठहर गरेको थियोे । त्यसलगत्तै महासचिव जिएमले रवि लामिछानेमाथि छानवीन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरिरहेका छन् । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.