काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ बढेसँगै चाँदी पनि महंगिएको छ। चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा खरदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा भाउ बढेको विज्ञहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स ९२।६६ तोला० करिब २७ सय अमेरिकी डलर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो। अन्नपूर्ण पोष्ट दैनिकबाट…