भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘सुल्झनेभन्दा बल्झनेतर्फ’, यसकारण चर्कियो नेकपा विवाद ?


  • भाद्र १८, २०७७
  • 571 Views
‘सुल्झनेभन्दा बल्झनेतर्फ’, यसकारण चर्कियो नेकपा विवाद ? image

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र राष्ट्रिय सभा सदस्यमा पार्टीकै उपाध्यक्ष वामदेव गौतमले चाहना गरेपछि सचिवालयको बैठक विवाद सुल्झनेभन्दा बल्झनेतर्फ उन्मुख भएको छ।

नेकपाभित्रको आन्तरिक विवाद सुल्झाउने क्रममा बनेको सुझाव कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको सचिवालय बैठकमा प्रतिवेदनभन्दा पनि गौतमलाई राष्ट्रिय सभामा पठाउने पुरानो निर्णय कार्यान्वयनको विषयले प्रवेश पाउने हुँदा आन्तरिक विवाद समाधानभन्दा थप विवादतर्फ मोडिने संकेत देखा परेको हो।

बिहीबार बस्ने भनिएको सचिवालय बैठकमा विवाद समाधान कार्यदलले दिएको सुझावको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। तर पार्टीका उपाध्यक्ष गौतमले राष्ट्रिय सभाको सदस्यमा आफंै जान चाहेको र सो सन्दर्भमा फागुनमै गरिएको निर्णय कार्यान्वयनको सवाल उठेपछि त्यही विषयमा केन्द्रित हुने बताइएको छ।

गत फागुन १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। तर त्यसैदिन वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजान नसकिने बताएर बैठकको निर्णय कार्यान्वयन नहुने संकेत गरेका थिए।

त्यसयता नै नेकपाभित्रको विवाद यथावत रहेको छ। पार्टीभित्र विवादको एउटा जड रहेका डा। युवराज खतिवडालाई पुनः अर्थमन्त्रीमा निरन्तर दिने ओलीको मनसायपछि गौतमले तीन दिनअघि ओलीलाई भेटेर फागुन १४ को निर्णय कार्यान्वयन गर्न माग गरेका थिए। नागरिकबाट..

 


Thali Mobile Pvt.Ltd.