भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता, कार्यकर्ता पक्राउ


  • बैशाख ३१, २०८०
  • 238 Views
हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता, कार्यकर्ता पक्राउ image

स्लामावाद । हिंसाको आरोपमा पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका थप ५४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

लाहोरको कोर्प्स कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतङ्कवाद विरोधी ऐन अन्तर्गत दायर गरिएका मुद्दामा पञ्जाब प्रहरीले थप ५४० जनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरूमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का सदस्य रहेको डनले बताएको छ ।

मे ९ देखि पञ्जाब प्रहरीले पार्टीका पदाधिकारी र सदस्य विरुद्ध प्रान्तभर २०५ वटा मुद्दा दायर गरेको छ । बिहीबार राति प्रहरी अधिकारी र पीटीआईका कर्मचारीबीच केहीबेर झडप भएको थियो ।

प्रहरीले जेल रोडमा रहेको पीटीआईको कार्यालयमा संदिग्ध ठानिएका पार्टीका सदस्यलाई पक्राउ गर्नका लागि स्टेशनमा सूचना जारी गरिएको थियो । पार्टीका सदस्यले प्रहरीलाई ढुङ्गा हानेको आरोपमा पक्राउ गरिएको छ ।

अदालतबाट छोडिएपछि पीटीआई अध्यक्ष इमरान खानलाई स्वागत गर्न पार्टी समर्थक कार्यकर्ताहरू ठूलो सङ्ख्यामा भेला भएको खबर आएपछि शुक्रबार साँझ उनको जमान पार्क हवेली वरिपरि प्रहरीको उपस्थिति बढाइएको थियो ।

पञ्जाब प्रहरीका प्रमुख डा उस्मान अन्वरले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महत्वपूर्ण पूर्वाधार, सार्वजनिक र निजी सम्पत्ति दुबैमा आक्रमणका लागि जिम्मेवार अपराधीलाई कारबाही गरिने छ क्षमा दिइने छैन ।’

अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.