भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

१७ करोडको पुल, साढे सात वर्षसम्म १० प्रतिशत


  • चैत्र १०, २०७८
  • 489 Views
१७ करोडको पुल, साढे सात वर्षसम्म १० प्रतिशत image

गोरखा । गोरखाको गण्डकी गाउँपालिकास्थित बुटार र पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुमखोला जोड्ने पुल बनाउन साढे सात वर्षअघि सम्झौता भएको थियो । ठेकेदार पप्पु कन्स्ट्रक्सन भनेपछि दोहोर्‍याउनु नपर्ला, काम अलपत्र छ । २०७१ असारमा सम्झौता भएर २०७४ पुसमा पुल निर्माण सकिनुपर्ने थियो । तर म्याद सकिएको चार वर्षसम्म १० प्रतिशत मात्र प्रगति भएको छ । पुल बनाउन पप्पु कन्स्ट्रक्सनले त्रिशूली नदीको वारिपारि पिलर उठाएर छाडेको छ । ‘रडलगायत केही निर्माण सामग्री पनि राखिएको थियो तर त्रिशूलीले बगाइसकेको छ,’ गण्डकी गाउँपालिका–१ निवासी सीताराम विक भन्छन्, ‘सुरु–सुरुमा केही मान्छे आउँथे तर ५ वर्षदेखि कोही पनि देखिएका छैनन् ।’

निर्माण सामग्री तथा उपकरण पुर्‍याउन नसकिएको भनेर पप्पुले परियोजना अलपत्र पारेको छ । जबकि साइट हेरेर, सर्भे गरेर, लागत जोडेर मात्र ठेक्का लेनदेन हुन्छ । ‘साइट हेरेपछि नै ठेकेदारसँग सम्झौता भएको हो । पछि निर्माण सामग्री र उपकरण पुर्‍याउन सकिएन भन्न मिल्दैन । उसले पक्की पुल नबनाएर उन्मुक्ति पाउँदैन,’ ११ किलो–छेवेटार भालुस्वाँरा–बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवाली भन्छन् ।

साढे तीन वर्षमा सकिनुपर्ने पुल साढे सात वर्षसम्म अलपत्र पार्दा पनि पप्पुको ठेक्का खोसिएको छैन । बरु सडक विभागले एक जलविद्युत् कम्पनीलाई बेलिब्रिज बनाउन लगाएको छ । बेलिब्रिज निर्माणमा अघि सरेको सुपर त्रिशूली हाइड्रोपावरलाई सडक विभागले स्टिल संरचना उपलब्ध गराएको छ । भविष्यमा पक्की पुल निर्माणलाई पनि सहज पर्ने गरी हाइड्रोपावरलाई स्टिल संरचना उपलब्ध गराएको ज्ञवाली बताउँछन् ।

एक सय २० मिटर लम्बाइको बेलिब्रिज बनाउन लागिएको आयोजना निर्देशक निरञ्जन रेग्मीले जानकारी दिए । ‘शिलान्यास भइसकेको पुल बन्छ होला भन्ने नै थियो,’ उनले भने, ‘हाइड्रोपावरका लागि चाहिने सामग्री पुर्‍याउन सडक विभागसँग समन्वय गरी पुलको संरचना लिएका हौं ।’ पुलसँगै दायाँ–बायाँ एप्रोच सडक पनि बन्ने उनले बताए । बुटारस्थित त्रिशूलीमा एक सय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रोपावर बन्दै छ । कान्तिपुर दैनिकबाट….

 

 

 


Thali Mobile Pvt.Ltd.