भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अनुसन्धानमै गुज्रियो ५ वर्ष, उपलब्धि शून्य


  • श्रावण १२, २०८०
  • 241 Views
अनुसन्धानमै गुज्रियो ५ वर्ष, उपलब्धि शून्य image

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको बुधबार पाँच वर्ष पूरा भएको छ। पाँच वर्षसम्म प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै बुधबार महेन्द्रनगरमा विद्यार्थीले प्रदर्शन गरे। यसबीचमा घटनाको अनुसन्धानका लागि थुप्रै प्रहरी टोली महेन्द्रनगर आए पनि प्रहरी अपराधीसम्म पुग्न सकेको छैन।

घटनाको अनुसन्धानका लागि अहिले पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली र सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्त हत्या प्रकरण प्रहरीले प्राथमिकताकासाथ अनुसन्धान गरिरहेको बताए। ‘अहिले पनि प्राथमिकताका साथ घटनाको अनुसन्धान भइरहेको छ’, थापाले भने, ‘जिल्ला प्रहरी र सीआईबीको टोली अहिले पनि अनुसन्धानमा खटिएको छ।’ प्रहरीले अहिले पनि घटनामा शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ।

घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १ सय २३ जनाको डीएनए परीक्षण गरिसकेको छ। पाँच वर्ष पुग्दासमेत अपराधी पत्ता नलागेको भन्दै बुधबार महेन्द्रनगरमा यहाँका विभिन्न विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराए। प्रहरीले अनुसन्धान जारी रहेको बताए पनि निर्मलाका परिवारमा भने न्याय पाउने आस मरिसकेको छ। निर्मलाकी दिदी मनीषा पन्तले अब न्याय पाउने आशा मरिसकेको बताइन्।

‘अहिलेसम्म प्रहरीले अनुसन्धान गरिरहेका छौं भन्ने आश्वासन मात्रै दियो, पाँचवर्ष भइसक्यो’, उनले भनिन्, ‘अहिलेसम्म पत्ता लागेन, अब न्याय पाउने आस मरिसकेको छ।’ यो घटनामा प्रहरीको अहिलेसम्मकै ठूलो जनशक्ति र स्रोत साधन खर्च भएको छ। यो प्रकरणको छिटो किनारा लगाउने प्रहरीको चाहाना भए पनि अनुसन्धान निष्कर्षमा पुग्न यथेष्ठ प्रमाण प्राप्त नहुनाले प्रहरी अन्योलमा छ। अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हालेका एसपी कमल थापा यसअघि सीआईबीमा हुँदा यसै घटनाको अनुसन्धानका लागि महेन्द्रनगर आएका थिए।

यहाँका स्थानीयले भने अहिले सरकारले ठूला भ्रष्टाचारका फाइल खोलिरहेकाले निर्मला प्रकरण पनि टुंगोमा पु¥याउन सक्ने आशा व्यक्त गरे। ‘निर्मला पन्तको हत्यापछि ठूलो आन्दोलन भयो। धेरै घाइते भए। केहीको मृत्यु भयो। तर, अपराधी पत्ता लाग्न सकेन’, स्थानीय रवीन्द्र जोशीले भने, ‘अहिलेको सरकारले अन्य प्रकरणका फाइल खोल्दा निर्मला पन्तको हत्यारा पत्ता लगाउने आशा गरेका छौं’, बुधबार आन्दोलनमा उत्रिएका विद्यार्थीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएका छन्।

२०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा उनको शव फेला परेको थियो। घटना भएको एक महिनापछि भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाटाका मानसिक अवस्था ठीक नभएका दिलिप विष्टलाई सार्वजनिक गरेपछि निर्दोषलाई फसाउन खोजिएको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.