भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अस्थायी अस्पतालमा उपचाररत एक महिलाको मृत्यु


  • भाद्र ७, २०७७
  • 477 Views
अस्थायी अस्पतालमा उपचाररत एक महिलाको मृत्यु image

वीरगन्ज । वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ५६ वर्षीय महिलाको शनिबार बेलुका साढे सात बजे कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ती महिलाको साउन २२ मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्या रहेको ती महिलामा कोरोना पाजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो । स्वास्थ्य अवस्था झन बिग्रिएपछि उनलाई पछिल्लो १२ घन्टा भेन्टिलेटरमा उपचार गर्ने क्रममा हिजो बेलुका मृत्यु भएको प्रशासनले जनाएको छ । पर्सामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आजको कान्तिपुरमा यो समाचार छ ।

 


Thali Mobile Pvt.Ltd.