भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महामारीसँग भिड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग भिड्दै हाम्रो समाज


  • भाद्र ७, २०७७
  • 590 Views
महामारीसँग भिड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग भिड्दै हाम्रो समाज image

काठमाडौं । कोभिड महामारीसँग दुनियाँ भिडिरहेको वेला नेपाली समाज भने स्वास्थ्यकर्मीसँग भिड्न थालेको छ । विदेशमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने समाज नै आफ्नै टोलबाट भने स्वास्थ्यकर्मीलाई लखेट्न अघि सरेको छ ।

चितवनका डा। विश्वबन्धु बगालेलाई अपमानित गरिएको घटना सेलाउन नपाउँदै राजधानीको बानेश्वरमा डाक्टर र अन्य स्वास्थ्यकर्मी बसेको होस्टल घेराउ गरिएको छ । बानेश्वरको सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरूलाई राखिएको लर्ड बुद्ध होस्टल स्थानीयले घेराउ गरेका थिए । जब कि ती स्वास्थ्यकर्मी संक्रमित पनि होइनन् । ‘उहाँहरू संक्रमित होइन ।

आइसोलेसनका लागि होस्टलमा बस्ने व्यवस्था गरिएको हो,’ अस्पतालका निर्देशक डा। दीर्घराज आरसीको प्रश्न छ, ‘संक्रमित नै भए पनि स्वास्थ्यकर्मी वा अन्य कुनै पनि नागरिकलाई त्यस्तो दुर्व्यवहार गर्न मिल्दैन । जनताले नै यस्तो अपमान गर्ने हो भने भोलि आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल कस्तो हुन्छ रु’

टोल सुधार समितिको अगुवाइमा संगठित समूहले शनिबार बिहानै होस्टल घेराउ गरेको थियो । ‘आमसर्वसाधारण पनि होइन, टोल विकास समितिको अगुवाइमा नै घेराउ गर्ने टोली आयो, मलाई दुव्र्यवहार गरियो, डाक्टरलाई तुरुन्त निकाल भनेर हुलदंगा गरे,’ होस्टल सञ्चालक रोहित रानाले सञ्चारकर्मीहरूसँग भने । स्वास्थ्यकर्मीहरू ४ भदौदेखि सो होस्टलमा बस्दै आएका छन् । त्यसको खबर थाहा पाएपछि टोल विकास समिति संगठित रूपमा विरोधमा उत्रिएको थियो ।

होस्टलमा तोडफोड हुने जोखिम बढेपछि बानेश्वरबाट प्रहरी बोलाउनुपरेको थियो । स्वास्थ्यकर्मीलाई गलहत्याउन आएका स्थानीय बासिन्दाले आफ्नो टोलको नाम भने ‘बलभद्र मार्ग’ राखेका छन् । प्रहरी आएपछि भने स्थानीय फर्किएका थिए । स्वास्थ्यकर्मी होस्टलभित्र बस्दा टोलमा कोरोना फैलिन्छ भन्ने टोलवासीहरू विरोध गर्न भने हुल बाँधेर आएका थिए । टोलीमा बालबालिका र वृद्ध मात्र होइन, युवाहरू पनि थिए ।

टोल सुधार समितिका अध्यक्ष सुदर्शन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएको टोलीले निषेधाज्ञा तोडेको र हुलहुज्जत गरेको प्रहरीको भनाइ छ । तर, सडकमा हिँडेका एक–दुईजनालाई उठबस खेलाउने प्रहरीले त्यत्रो हुलहुज्जत गर्नेहरूलाई भने कुनै कारबाही गरेको छैन । बानेश्वरको घटनामा पनि प्रहरीले छानबिन थालेको बताएको छ ।

‘स्वास्थ्यकर्मीलाई दुव्र्यवहार भएमा पक्राउ गरी कारबाही गरिनेछ । निषेधाज्ञा तोड्न पाइँदैन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा कुनै पनि नागरिकलाई दुव्र्यवहार गर्न पाइँदैन,’ काठमाडौं परिसरका एसएसपी श्यामलाल ज्ञवालीले भने । नयाँ पत्रिकाले आज कभर स्टोरी बनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.