भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आकासे पुल बनाउने काठमाडौं महानगरको योजना ठाउँ नपाउँदा अलपत्र


  • कार्तिक १८, २०७८
  • 453 Views
आकासे पुल बनाउने काठमाडौं महानगरको योजना ठाउँ नपाउँदा अलपत्र image

काठमाडाैं । काठमाडौं महानगरपालिकाको १० ठाउँमा आकासे पुल निर्माण गर्ने योजना अलपत्र परेको छ । महानगरले ठाउँ अभावका कारण पुल निर्माणको काम अगाडि बढाउन नसकिएको जनाएको छ । महानगरले पैदलयात्रुको अत्यधिक चापलाई मध्यनजर गर्दै विभिन्न ठाउँमा आकासे पुल राख्न अध्ययन गरेको थियो । तर, आकासे पुल बनाउन ठाउँ अभाव हुँदा आकासे पुल निर्माण योजना अलपत्र परेको हो ।

महानगरले आकासे पुल निर्माण गर्न भन्दै ०७५ मंसिरमै टेन्डर आह्वान गर्नेसमेत तयारी गरेको थियो । तर, प्राविधिक कारण भन्दै स्थगित गरेको थियो । ‘महानगरपालिकाले पैदलयात्रुको चापलाई मध्यनजर गरेर १० ठाउँमा पुल निर्माणका लागि अध्ययन गरेको थियो । तर, आकासे पुल निर्माणका लागि जुन किसिमको ठाउँ चाहिने हो, त्यस्तो ठाउँ नपाउँदा पुल निर्माणको काम अगाडि बढाउन सकिएको छैन,’ महानगरका पूर्वाधार विकास विभाग प्रमुख राम थापाले भने, ‘हामीले जुन रूपमा १० ठाउँमा पुल निर्माणका लागि ठाउँ तोक्यौँ, ती ठाउँमा प्राविधिकले पुल निर्माण गर्न मिल्दैन भने ।’

महानगरले निर्माण गर्न लागेको पुल पुरानो बसपार्ककै मोडलको सार्न मिल्ने पुल हो । जुन पहिलोपटक परीक्षणका रूपमा महानगरले निर्माण गरेको थियो । यसको सञ्चालनपछि सकारात्मक प्रतिक्रिया आएकाले अरू पनि यस्तै पुल बनाउने निर्णय भएको थियो । तर, महानगरले ठाउँ अभावमा पुल निर्माण गर्न नसकेको हो । चाबहिल, माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगन्ज, कोटेश्वर र गौशाला चोकमा आकासे पुल बनाउने महानगरले योजना बनाएको थियो । पुल निर्माणकै लागि भनेर महानगरले आर्थिक वर्ष ०७५/७६ को बजेटमै १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.