भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पर्यटन बोर्डका सीईओलाई स्पष्टीकरण


  • कार्तिक २३, २०७८
  • 267 Views
पर्यटन बोर्डका सीईओलाई स्पष्टीकरण image

काठमाडाैं । सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनन्जय रेग्मीलाई तीन दिने लिखित स्पष्टीकरण माग गरेको छ ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर शनिबार भन्सारका कर्मचारीसँग भएको विवादका सम्बन्धमा मौखिक जानकारी लिएका थिए । तर मौखिक जानकारीले सन्तुष्ट नभएपछि उनलाई नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले लिखित स्पष्टिकरण माग गरेका छन् ।

शनिबार लण्डनबाट काठमाडौं आउने क्रममा भन्सार विभागका कर्मचारीसँगको विवादमा मुछिएका सीईओ रेग्मीको बचाउमा बोर्डले विज्ञप्ति जारी गर्दै सामान्य घटनालाई उचालेर ठूलो बनाइएको भन्दै आपत्ति जनाएको छ । कर्मचारीसँग भएको सामान्य भनाभनलाई हात हालेको भन्दै उचालिएको र सीईओले मादक पदार्थ सेवन गरेको विषय समेत झुट रहेको बोर्डको दावी छ ।

काराेबार दैनिकबाट…

 

 


Thali Mobile Pvt.Ltd.