भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एमाले विभाजन होइन, पुनर्गठन भएको हो : प्रकाश ज्वाला


  • आश्विन १९, २०७८
  • 507 Views
एमाले विभाजन होइन, पुनर्गठन भएको हो : प्रकाश ज्वाला image

दैलेख । नेकपा (एकिकृत समाजबादी)का केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले नेकपा (एमाले)को विभाजन नभई त्यसको पुर्नगठन भएको बताएका छन् । समाजवादी पत्रकार संगठनले सोमबार दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

लामो त्याग बलिदानी र संर्घषबाट प्राप्त भएका उपलब्धीमाथि एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्रीले प्रहार गर्न थालेपछि आफुहरु त्यसको विरुद्धमा लागेको ज्वालाले बताए ।

उनले भने,‘संविधानमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्न नसक्ने व्यवस्था भएको भएपनि त्यसमा पटक–पटक प्रहार गर्नुभयो । उहाँ दक्षिणपन्थि धारमा हिँडेकाले एमाले अब कम्युनिष्ट पार्टी नभएको र आफुहरुले पार्टीभित्र विद्रोह गरेर नयाँ पार्टी गठन गरेका हौं ।’

आजको नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.