भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आज प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै


  • फाल्गुन ७, २०७८
  • 417 Views
आज प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै image

काठमाडौँ । आज फागुन ७ अर्थात प्रजातन्त्र दिवस। १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवन आहुति दिएका थिए ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो। नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो। यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा ५ सय १ जना कैदीको कैद मिनाहा र १२ जना व्यक्तिहरुलाई सजाय माफी गरिएको छ।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुलुकी अपारध संहिता २०७४को दफा ४५को उपदफा९४० तथा बालबालिका सम्बन्धी ऐन, २०७५को दफा ३६को उपदफा९४० र फौजदारी कसूर नियमावली २०७६को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शनिबार देखि लागू हुने गरी ५०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद र मुलुकी फौजदारी कार्यविधि संहित २०७४को दफा १५९ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा १२ जना व्यक्तिहरुलाई फैसलमा बमोजिम सजाय माफी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ। अन्नपूर्ण दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.