भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तयारी


  • फाल्गुन ४, २०७८
  • 749 Views
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तयारी image

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई उडानको तयारीमा छ। दुई चरणमा निर्माण भएको विमानस्थलको आईसीबी १ र आईसीबी २ को काम सम्पन्न भएकाले परीक्षण उडानका लागि दक्ष एरोथाईका प्राविधिकले उपकरण चेकजाँच गरेका छन्। फागुन ६ गतेबाट क्यालिब्रेसन उडान हुने भएको छ। क्यालिब्रेसनको अवरोध हटाउन दिउँसो नियमित उडानमा रोक लगाइएको छ। यान्त्रिक परीक्षण उडान क्यालिब्रेसनको नोटामका लागि नियमित उडानको तालिकालाई फागुन ६ गतेदेखि १५ गतेसम्म दिउँसोबाट साँझमा सारिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद रावतले जानकारी दिए।

क्यालिब्रेसनको फ्लाइटको लागि मौसम सफा चाहिने हुँदा क्यालिब्रेसन अवधि १० दिन नियमित उडानको समयतालिका साँझको साढे ५ बजेपछि सारिएको उनले बताए। ‘विमानस्थल बन्द होइन, यो क्यालिब्रेसनमा अवरोध नहोस् भन्ने मात्रै हो।’ उनले भने। एरोनटिकल रेडियो अफ थाइल्यान्ड ९एरो थाई० को जहाज फागुन ५ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर भैरहवा विमानस्थल आउनेछ। उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।

परीक्षण उडानपश्चात् यो विमानस्थलमा आन्तरिक उडान हुन्छ। भैरहवाबाट आन्तरिकतर्फ काठमाडौं, पोखरा र भरतपुरका लागि २२ वटा नियमित उडान हुने गरेको छ। विमानस्थल भौतिक रूपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औं तहको अधिकृतलाई महाप्रबन्धकको रूपमा पठाएको छ। माघ २ गतेबाट प्राधिकरणले गोविन्दप्रसाद दाहाललाई व्यवस्थापनको जिम्मा दिएको छ।

विमानस्थल सञ्चालनका लागि तयार छ। हवाई इन्धनका लागि भण्डारण क्षमता बढाइएको छ। विद्यु्त्का लागि पनि डेडिकेटेड लाइन व्यवस्थापन गरिएको छ। विद्युत् लाइनमा आपूर्ति नहुँदा स्वचलित हुने जेनेरेटर भएकोले विद्युत्को समस्या नहुने विमानस्थल प्रशासनले जानकारी दिएको छ। परीक्षण उडानको दुई महिनापछि मात्रै नियमित उडान हुन्छ। विमानस्थलसँगै कार्गो निर्माणको काम पनि अन्तिम चरणमा छ। चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माण गरेको हो। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.