विराटनगर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा चाँदनी आयल प्रा.लि. र बेलबारीमा फूलबारी आयल ट्रेडर्स नामक पेट्रोल पम्प छन्।
प्रकाश कट्टेलले सञ्चालन गरिरहेका दुवै पम्प गत सोमबार दिनभर खुलेनन्। नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरले आइतबार नै चाँदनीलाई ८ हजार लिटर डिजेल र ४ हजार लिटर पेट्रोल उपलब्ध गराएको थियो। फूलबारीलाई पनि निगमले ४ हजार लिटर डिजेल उपलब्ध गरायो।
पम्पमा निगमको ट्यांकरमार्फत आइतबार राति डिजेल र पेट्रोल पुर्याइएको हो। तर निगमले इन्धन (पेट्रोलियम पदार्थ) उपलब्ध गराएका दुवै पम्प भोलिपल्ट भने बन्द रहे। दुवैबाट दिनभर इन्धन बिक्री भएन। सञ्चालक पम्पको सटर बन्द गरेर बसे।
सवारीसाधन लिएर खरिदका लागि पुग्ने उपभोक्तालाई भने इन्धन छैन भनेर फर्काए। इन्धन नपाएर उपभोक्ता भने भौतारिन बाध्य भए। दिनभर बन्द रहेका यी दुवै पम्पलाई सोमबार राति पुनः निगमले डिजेल र पेट्रोल उपलब्ध गराएको पाइएको छ। निगमले सोमबार चाँदनीलाई ४ हजार लिटर डिजेल तथा फूलबारीलाई ४–४ हजार लिटर डिजेल र पेट्रोल उपलब्ध गरायो। चाँदनी ३२ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल क्षमताको छ। फूलबारीको क्षमता ४० हजार लिटर डिजेल र २५ हजार लिटर पेट्रोलको छ।
सञ्चालक कट्टेलले भने इन्धन सकिएपछि पम्प बन्द गर्नु परेको बताएका छन्। ुनिगमले थोरै मात्रामा उपलब्ध गराउँछ। बर्खाको समयमा खेतीपातीका लागि इन्धनको खपत धेरै हुन्छ,ु उनले भने, ुनिगमले दिएको इन्धन केहीबेरमै सकिन्छ। त्यसपछि पम्प बन्द नगरेर के गर्नुरुु दिनभर पम्प बन्द गरेका कट्टेलले अन्नपूर्णसँग भने सोमबार बिहान ११ बजेसम्म खुला राखेर इन्धन बिक्री गरेको दाबी गरे।
निगमलाई भने दिउँसो ३ बजेसम्म पम्प खुला राखिएको जवाफ दिएका छन्। अन्नपूर्णसँग गरेको कुरा र निगमलाई दिएको जवाफले नै उनको भूमिका शंकास्पद देखिएको छ। आपतकालीन अवस्थाका लागि १ हजार लिटरसम्म स्टक राखेर पम्प बन्द गर्ने गरेको कट्टेलले बताए।
विराट चोककै श्री विराट आयल सप्लायर्सले पनि निगमबाट आइतबार ८ हजार लिटर डिजेल र ४ हजार लिटर पेट्रोल पायो। तर भोलिपल्ट दिनभर बन्द रहयो। दिनभर सटर लगाएर बिक्री रोकेको त्यही पम्पलाई पुनः सोमबार ४ हजार लिटर डिजेल निगमले उपलब्ध गरायो।
चाँदनी, फूलबारी र श्री विराट मात्रै हैन, पूर्व(पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा र बेलबारीमा रहेका सबै गत सोमबार पम्पहरु बन्द थिए। बेलबारीका फूलबारी, खड्का आयल सेन्टर तथा सुन्दरहरैँचाका चाँदनी, श्री विराट, कृष्ण आयल ट्रेडर्स एण्ड सप्लायर्स, पंकज आयल ट्रेडर्स, श्री कृष्ण आयल फ्युल प्रालि, मादेन फ्युल सेन्टरसमेतका पम्पबाट दिनभर इन्धन बिक्री भएन। कोसी र पूर्व(पश्चिम लोकमार्गसहित प्रदेश १ का विभिन्न स्थानका अधिकांश पम्पहरु सोमबार बन्द रहेको गुनासो उपभोक्ताको छ।
सबैजसो पम्पलाई निगमले आइतबार इन्धन दिएको थियो। अघिल्लो दिन नै प्राप्त भए पनि भोलिपल्ट नबेचिकन ुस्टकु राखेका पम्पलाई निगमले सोमबार पुनः थपिदियो। त्यही रात १२ बजेदेखि लागू हुने गरी इन्धनमा मूल्यवृद्धि गरियो। सरकारले डिजेलमा प्रतिलिटर ९ र पेट्रोलमा २ रुपैयाँ मूल्यवृद्धि गर्यो। मंगलबार भने बिहानैदेखि सबै पम्पहरु खुला भए। इन्धनको बिक्री नियमित हुन थाल्यो।
विराट चोकका टीका खत्री मूल्य बढ्नुअघि सबै पम्प दिनभर बन्द रहेको बताउँछन्। ुमोटरसाइकलमा पेट्रोल र ट्रकमा डिजेल चाहिएर दिनभर दौडधूप गरियो। तर पाउन सकिएन,ु उनले भने, ुपम्पका सटर बन्द थिए। निगमले इन्धन नदिएको भनेर सञ्चालकले फर्काउँथे।
इन्धनको मूल्य रातारात बढाइएपछि भने मंगलबारदेखि पम्पहरु खुला भएको खत्रीले बताए। नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने संकेत पाएसँगै पम्प सञ्चालकले त्यो दिन बिक्री ठप्प पारेका हुन्। किन भने निगमसँग सस्तोमा किनेको इन्धन मूल्यवृद्धि भएपछि उनीहरुले महँगोमा बिक्री गर्न पाउने थिए। नभन्दै १ दिन बिक्री रोक्दा सस्तोमा किनेको इन्धन बढी मूल्यमा बेच्न पाए।
व्यवसायीसँग सेटिङमा रहेको निगमले पनि सवारीसाधनको चाप अत्यधिक हुने लोकमार्गमा पम्पहरुले इन्धन बिक्री गरेरनगरेको अनुगमन गरेन। उल्टै मूल्य बढ्नुअघि थप इन्धन उपलब्ध गराइदियो। निगम र बिक्रेताबीचकै यो सेटिङका कारण उपभोक्ताहरु भने हैरानी बेहोर्न बाध्य भए। मूल्य बढ्नुअघि कुनकुन पम्पले कति इन्धन बिक्री गरे भन्ने रेकर्ड पनि निगमसँग छैन।
अघिल्लो दिन पठाएको बिक्री भइसक्यो कि सकेन भनेर नहेरिकने पुनः इन्धन पठाइदियो। सुन्दरहरैँचास्थित सलकपुरका पूर्ण कालाखेती पम्पले इन्धन बिक्री नगरेको गुनासो गर्दा नगरपालिकालगायतका सरोकारवाला निकायले पनि चासो नदिएको गुनासो गर्छन्। पम्पका सटर दिनभर बन्द हुँदा इन्धन भर्न आएकाहरु त्यत्तिकै फर्किएर जानुपरेको कालाखेतीको भनाइ छ।
पम्प सञ्चालकहरुले इन्धनको मूल्य बढ्दैछ भन्ने अग्रीम जानकारी निगमका कर्मचारीमार्फत पाइसकेका थिए। त्यही भएकाले मूल्य बढ्नुअघि बिक्री नै गरेनन्,ु स्रोतले भन्यो, ुमूल्य बढेपछि भने नियमित रूपमा इन्धन पाउन थालियो। यो समस्या पहिल्यैदेखिको हो।ु निगमको विराटनगर कार्यालयका प्रमुख अशोककुमार साह, प्रवक्ता दिवस विष्ट लगायतका कर्मचारीहरुसँगको मिलेमतोका कारण व्यवसायीले मूल्य बढ्ने र घट्ने अग्रीम सूचना पाउने गरेको निगमका एक कर्मचारीले बताए।
उनका अनुसार पछिल्लो मूल्यवृद्धि प्रकरणमा पनि व्यवसायीसँग मिलेमतोमा रहेका साह र विष्टको भूमिका निक्कै शंकास्पद देखियो। उनीहरुकै संरक्षणका कारण पम्पहरुले मनोमानी गरिरहेको ती कर्मचारी बताउँछन्। यो विषय बाहिरिएपछि निगम र बिक्रेता मिलेर गल्ती एवं लापरबाहीलाई ढाकछोप गर्ने प्रयास गरिरहेका छन्।
मूल्य बढ्नुअघि बन्द रहेका पम्पहरु बढेपछि खुल्ने गरेको उपभोक्तावादीको भनाइ छ। बिक्रेतासँगको सेटिङमा निगमले उपलब्ध गराउने र पम्पले स्टक राखेर मूल्य बढेपछि मात्रै बेच्ने चलन पहिल्यैदेखि रहेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल बताउँछन्। आयल निगमभित्र हुने सबैभन्दा ठूलो भ्रष्टाचार नै यही हो।
व्यवसायीलाई सूचना चुहाव हुन्छ। सूचना दिएवापत ठूलो बार्गेनिङ र कमिसनको खेल हुन्छ, उनले भने, नाफा निगमका कर्मचारी र व्यवसायी मिलेर लिने गरेका छन्। आमउपभोक्ता भने सधैँ मारमा परिरहन्छन्। इन्धनमा मूल्यवृद्धि हुने र घट्ने दुवै विषयको सूचना व्यवसायीलाई निगमभित्रबाटै पुग्ने गरेको छ।
ढुंगेलका अनुसार मूल्य बढ्ने बेला व्यवसायीलाई स्टक राख्न भनेर निगमले पनि तत्काल इन्धन उपलब्ध गराउने गरेको छ। ुमूल्य घट्न लाग्यो भने नउठाउनुस् भनेर व्यवसायीलाई भनिन्छ। त्यसको मार आमउपभोक्तालाई पर्छ, उनले भने, नियन्त्रण गर्न सरकार पूर्ण रूपले असफल भएको छ। निगम सधैँ घाटामा जानुको कारण पनि यहि हो।ु व्यवसायीबाट कमिसन खान कर्मचारीले चलखेल गर्ने तथा कमिसनको रकम सरकारको माथिल्लो निकायसम्म पुग्ने गरेको आरोप उनले लगाए।
मूल्य बढ्ने हल्लासँगै बिक्रेताले पम्प बन्द गरेर दिनभर इन्धन बिक्री नगर्दा पनि निगमले अनुगमन गरेर कारबाही नगर्नु शंकास्पद रहेको ढुंगेलले बताए। सवारी चाप अत्यधिक हुने लोकमार्गका पम्पका सटर बन्द हुँदासमेत निगमको आँखा नपुग्नु र अनुगमन एवं कारबाहीमा चासो नदिनुलाई चलखेलका रूपमा लिएर छानबिन गरिनुपर्ने माग उनले गरेका छन्।
ुमूल्य बढ्दा ठूलो नाफा हुने भएकाले कर्मचारीसँग व्यवसायीले सेटिङ मिलाउने र बिक्री नै बन्द गर्ने गरेका छन्,ु उनले भने, ुइन्धन नपाएर उपभोक्ता मर्कामा पर्दा सम्बन्धित निकाय मौन रहनुले मिलेमतो प्रष्ट छ।ु मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले उपभोक्तालाई इन्धन बिक्री नगरिकन बन्द भएका पम्पहरुमाथि कारबाही हुने बताए। ुयो निगमसँग सम्बन्धित विषय हो। निगमले अनुगमन गरेर वास्तविकता खोज्नुपर्छ,ु उनले भने, ुनिगमले उपलब्ध गराएको इन्धन पम्पले बिक्री गर्नैपर्छ। मूल्य बढ्ने संकेत पाएर उपभोक्तालाई अप्ठेरो पर्दा पनि उपलब्ध नगराइकन स्टक राखेमा कारबाही हुन्छ।ु उपभोक्ताले नपाउने, तर पम्पले स्टक गरेर लुकाउने गर्न नमिल्ने पोखरेलले बताए।
निगमका विराटनगर प्रमुख साहले भने व्यवसायीले अनलाइन फारम भरेर गर्ने मागका आधारमा आवश्यकता हेरेर इन्धन उपलब्ध गराउने गरिएका कारण यसमा निगमको केही गल्ती नरहेको बताए। दिनभर पम्प बन्द हुँदा कतैबाट पनि गुनासो आएन। सबै ठाउँमा अनुगमन सम्भव छैन, उनले भने, केही ठाउँमा अनुगमन गरिएकै हो। ती ठाउँका पम्पले इन्धन बेचिरहेका थिए। सबै पम्पको अनुगमन गर्न सम्भव नहुने साहको जिकिर छ। प्रारम्भिक हिसाबले बुझ्दा कुनैपनि पम्प बन्द नभएको र कतै बन्द गरेको पाइएमा कारबाही हुने उनले बताए।
निगमको विराटनगर कार्यालयले झापा, इलाम, पाँचथर र ताप्लेजुङबाहेक प्रदेश १ का १० जिल्ला र मधेस प्रदेशका सिरहा तथा सप्तरीसम्म इन्धन उपलब्ध गराउँछ। कार्यालयबाट २ सय ४९ वटा पम्पहरुलाई इन्धन पुग्ने गरेको छ। पम्पमा इन्धन ढुवानी गर्ने निगमका ३ सय ५० वटा ट्यांकर छन्। साहका अनुसार दैनिक ३ लाखदेखि ४ लाख लिटरसम्म पेट्रोल तथा ७ देखि १२ लाख लिटरसम्म डिजेलको माग छ। मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ र डिजेलको १ सय ७२ रूपैयाँ पुगेको छ।
अन्नपूर्ण दैनिकबाट..
