भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै


  • असार २८, २०७९
  • 409 Views
व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै image

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ भने शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ ।

नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको वढोत्तरीका कारण व्यापार घाटा वढेको हो । आयातबाट विदेशी मुद्रा बाहिरिने वढी र विदेशी मुद्रा भित्रिनै कमी भएका कारण शोधानान्तर घाटा भएको हो ।

रेमिट्यान्सबाट, पर्यटकको आगमनबाट र गैरसरकारी संघसंस्थाबाट भित्रिने विदेशी मुद्राको कमीका कारण नेपालमा विदेशी मुद्राको सञ्चिति पनि घटिरहेको छ । सरकारले विदेशी ऋण र अनुदानबाट विदेशी मुद्रा आर्जन गर्न नसकेका कारणले पनि शोधानान्तर र विदेशी मुद्रामा मुलुकलाई दबाब पर्दै आएको छ ।

चालु वर्षको ११ महिनामा चालु खाता घाटा पनि थप बढेर गएको छ। यो अवधिमा चालु खाता घाटा पाँच खर्ब ९५ अर्ब ७३ करोड पुगेको हो।

समीक्षा अवधिमा चालु खाता रु।५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु।२ खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष चालु खाता घाटा २ खर्ब ९८ अर्ब ११ करोड थियो। तर अर्थतन्त्रका सूचकांकहरु बिग्रँदो स्थितिमा जाँदै गर्दा चालु खाता घाटा र शोधनान्तर घाटा करिब एक वर्षको अवधिमा थप गहिरिएको छ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।

आर्थिक सुचकांकहरु नकारात्मक भइरहँदा खुद प्रत्यक्ष वैदेशिक लगानी भने ७।१ प्रतिशतले वृद्धि भई रु।१७ अर्ब ३५ करोड पुगेकोबाट केही सकारात्मक पक्ष देखिएके छ । गत वर्षको ११ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी रु।१६ अर्ब २० करोड रहेको थियो ।

११ महिनामा शोधनान्तर स्थिति रु।२ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु।१५ अर्ब १५ करोडले मात्र घाटामा रहेको थियो ।

गत वर्षको असार मसान्तमा रु।१३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५।९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा रु।११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९।६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु।१२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७।१ प्रतिशतले कमी आई रु।१० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु।१ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा ६।१ प्रतिशतले कमी आई रु।१ खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ ।

राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.