भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उखु खेतीबाट पलायन हुँदै किसान


  • पुष १९, २०७८
  • 571 Views
उखु खेतीबाट पलायन हुँदै किसान image

रौतहट । सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएको छ। नगदेबालीको मान्यता पाएको भए पनि किसानका लागि उधारो बालीमा परिणत भएपछि सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएका छन्।उखु किसानलाई सरकारले हेर्ने दृष्टिकोण र चिनी उद्योग मालिकले गर्ने ठगी दुवै कारणले किसानहरू मर्कामा परेको र उखुको लगानी उठ्ने अवस्था नहुँदा किसानहरू पलायन हुन थालेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन्।

सरकार र चिनी उत्पादक दुवैतिरबाट असन्तुष्ट हुँदै गएपछि उखु किसानहरू खेतीप्रति नै निराश देखिएको महासंघ अध्यक्ष मैनालीको भनाइ छ। जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै जुन सरकार आए पनि उखु किसानको समस्या समाधान गर्न नसकेको बताउँदै महासंघ अध्यक्ष मैनालीले अहिले पनि कति मूल्यमा किसानले आफ्नो उत्पादन चिनी उद्योगलाई बेचेको हो भन्ने कुरो थाहा नपाएको बताएका छन्। आफ्नो उत्पादनको मूल्य थाहा नपाउने उखु किसानले आफूले बिक्री गरिसकेको मूल्य कहिले पाउने, त्यो पनि थाहा नहुने देशका किसान निराश हुनु स्वाभाविक भएको मैनालीको भनाइ छ।

खेतमा मलखाद, बिउ र खेतको तयारी तथा सिँचाइ सबैमा किसानले आफ्नो घरको लगानी गरेर वा ऋण लिएर खेती गरे पनि एकातिर उचित मूल्य नपाउनु र अर्कोतिर उधारोमा बेचेर उखुको मूल्य पाउन आन्दोलन गर्नुपर्ने अवस्था आउनु किसानका साथै देशकै लागि दुर्भाग्यको अवस्था भएको मैनालीको भनाइ छ। भुक्तानीका लागि किसानले अरू काम छाडेर उद्योगमा तारेखमा धाएजस्तै दौडनुपरेको अवस्थामा किसानहरूले उखु खेती विस्तारै छाड्दै गएको स्वीकार गरेका छन्।

सर्लाही र रौतहटका किसान उखु खेतीबाट पलायन हुँदै जानुमा चिनी उद्योगीभन्दा सरकार बढी जिम्मेवार रहेको छ। सरकारले उखु किसानको समस्यालाई कहिल्यै समाधान गर्न नखोजी जहिले पनि चिनी उत्पादकको पक्षमा काम गर्ने गरेको आरोप मैनालीको छ। सरकारले गरेका कतिपय निर्णय कार्यान्वयन गराउन नसक्नु पनि सरकारकै कमजोरी रहेको मैनालीको भनाइ छ। सर्लाही र रौतहटमा सञ्चालनमा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल्स, इन्दुशंकर हरिवन, एभरेष्ट गौशाला, बगदह चिनी मिल्स, धन्कौलमा रहेका चिनी मिल्सबाट निरन्तर ठगिँदा पनि सरकारले केही गर्न नसकेकाले पीडित किसानहरू विस्तारै उखु खेती क मगर्दै लगेको गरुडाका समाजसेवी तथा उखु विशेषज्ञ बृजकिशोर यादवको भनाइ छ।

किसानहरूले लगानीको उचित मूल्य पाउन नपाउने, उधारोमा विक्री गरेर महिनौं भुक्तानीका लागि दगुर्नुपर्ने, श्रमपसिनाको कुनै मोल नहुँदा उखु खेतीबाट बिस्तारै विस्थापित हुँदै गरेको उखु विशेषज्ञ यादवको भनाइ छ। सरकारसित मिलेर चिनी उत्पादकहरूले हरेक वर्ष आम्दानी बढाउँदै गएको तर आफूहरू भने समस्यामा पर्दै गएको कारणले सर्लाही र रौतहटमा विगतका वर्षहरूभन्दा यस वर्ष उखुको खेती निकै कम भएको किसानहरूको भनाइ छ। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.