भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विद्यार्थीबाट अतिरिक्त रकम उठाउने केएमसीको बेसिक साइन्स भवनमा ताला


  • पुष १९, २०७८
  • 457 Views
विद्यार्थीबाट अतिरिक्त रकम उठाउने केएमसीको बेसिक साइन्स भवनमा ताला image

काठमाडौं । काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित बेसिक साइन्स भवनमा विद्यार्थीले ताला लगाएका छन् । कलेजले एमबिबिएसमा अध्ययनरत विद्यार्थीसँग तोकिएभन्दा बढी रकम असुल्न खोजेपछि विद्यार्थी संगठनहरूले आइतबार संयुक्त रूपमा तालाबन्दी गरेका हुन् । कलेजमा अहिलेसम्म १५ विद्यार्थी मात्रै भर्ना भएका छन् ।

‘भारतीय र नेपाली गरी १५ जना भर्ना भएकाले पठनपाठन सुरु गरेका छन् । अरुले विद्यार्थीले अतिरिक्त रकम मागिएको भन्दै विरोध जारी राखेका छन्,’ एक विद्यार्थीले भने । सोमबारदेखि धर्ना पनि सुरु गर्ने उनले बताए । कलेजले अहिले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा करिब १९ लाखसम्म बढी उठाउन खोजेको छ ।

यो रकम प्रत्येक विद्यार्थीबाट पाँच बर्षको अवधिमा उठाइने छ । सुनील शर्मा सञ्चालक रहेको केएमसी र नोबेल मेडिकल कलेजले होस्टेल शुल्क नै २४ हजार उठाइरहेको छ । र, विद्यार्थीहरूले अनिवार्य रुपमा कलेजकै होस्टेलमा बस्नुपर्ने बताएको छ ।

बढी शुल्क उठाउने कलेजलाई कानुनी दायरामा ल्याउन गृह मन्त्रालयको निर्देशन

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क उठाउने मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन गृह मन्त्रालयले १२ जिल्लाका प्रशासन कार्यालयहरूलाई सर्कुलर गरेको छ । अतिरिक्त शुल्क बुझाउन विद्यार्थीलाई दबाब दिने र पठनपाठनमा रोक लगाएका विषयमा अध्ययन गरेर बढी लिएको पाइएमा कारबाहीको दायरामा ल्याउन र त्यसको प्रतिवेदन मन्त्रालयमा पठाउन सर्कुलर गरिएको हो । गृहले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रुपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई १६ पुसमा सर्कुलर गरेको हो । नयाँ पत्रिका दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.