भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उच्च रक्तस्रावले सुत्केरीको मृत्यु


  • असार १४, २०७९
  • 458 Views
उच्च रक्तस्रावले सुत्केरीको मृत्यु image

जाजरकोट । अत्याधिक रक्तस्रावका कारण जाजरकोटको कुशे गाउँपालिका–५ जरगाउँमा सुत्केरीको मृत्यु भएको छ। सोमबार बिहान ७ बजे घरमै सुत्केरी भएकी कुशे गाउँपालिका–५ जहरगाउँकी ३० वर्षीया नारायणकली रोकायको रक्तस्राव नरोकिदा पाँच घण्टा पछि मृत्यु भएको हो । समयमा भरपर्दो प्रसूति सेवा पाउन नसक्दा उनको ज्यान गएको हो ।

समयमै सालनाल नखसेर नारायणकलीको मृत्यु भएको पति जयबहादुर रोकायले बताए । नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन उनले भने–‘घरमै सामान्य अवस्थामा सुत्केरी भएकी उनको सालनाल नझरेपछि स्थानीय मेडिकलमा लग्यौ । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा सालनाल त निक्लियो तर रक्तस्राव रोकिन नसक्दा नारायणकलीको ज्यान जोगिन सकिएन ।’

उनका यस अघि दुई छोरी र एक छोरा थिए । चौथो सन्तान छोरा जन्माई सकेपछि नारायणकलीको ज्यान गएको हो । नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

सदरमुकाम खलंगादेखि एक दिनको पैदल दुरीमा रहेको जहर गाँउ नजिक भरपर्दो स्वास्थ्य सुविधा नहुँदा उनी घरमै सुत्केरी हुन बाध्य भएकी थिइन् । नजिकमा सुविधा सम्पन्न स्वास्थ्य संस्था भएको भए श्रीमतीलाई बचाउन सकिने थियो तर के गर्नु दुर्गमको पीडा श्रीमान जयबहादुरले भने–‘सानो बच्चा कसरी स्याहारु । अरु ठूला बच्चाको लालनपालन कसरी गरुँ, मेरो जस्तो बर्जपात कसैलाइ नपरोस् ।’

अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.