भर्खरै : Sorry, your browser does not support inline SVG.
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा बन्द | मुक्ति घोषणा भएको चार वर्ष स् हरवाचरवा समुदाय पहिचानबाट वञ्चित | भारी वर्षाको चेतावनी, २३ जिल्ला रेड अलर्टमा | मनसुन जोखिम बढेपछि निजी हेलिकप्टर, ड्रोन र र्‍याफ्टिङ तयारीमा राख्दै सरकार | सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

काठमाडौंमा १२ जनामा हैजा


  • असार १४, २०७९
  • 613 Views
काठमाडौंमा १२ जनामा हैजा image

काठमाडौं । संघीय राजधानी काठमाडौंमा हैजा भेटिका १२ मध्ये आठ जना निको भएर घर फर्केका छन् । अन्य चार शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचाररत छन् । यसअघि, गत ५ असारमा पहिलोपटक बागबजारका दुई युवतीमा हैजा पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह बताउ“छन् ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा हैजा’ गरिएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको जानकारी गराएका छन् ।

उनका अनुसार धारापानी, जार, टु्युबेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको छ । बागबजारको खानेपानी प्रदूषित रहेकोसमेत डा. दासले सुनाए । ‘ललितपुर सानेपामा परीक्षणक्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको छ,’ उनले भने, ‘पानी कसरी प्रदूषित भयो भन्ने अध्ययनका लागि सबै ठाउँको नमूना संकलन गरिरहेका छौं ।’

हैजा सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पताललाई तयारी अवस्थामा राखिएकोसमेत डा. दासले दिएका छन् । महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको हो । त्यस्तै, बूढानीलकण्ठ नगरपालिकाले गरेको पानी परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । उसले जार, ढुंगेधारा, बोरिङको पानी परीक्षण गरेको थियो ।

यता, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमुना परीक्षण गरिरहेको जनाएको छ । महाशाखा निर्देशक डा. दास बल्खु र कोटेश्वरको पानीको सात नमुना लिई परीक्षण भइरहेको जानकारी दिन्छन् । महाशाखा र काठमाडौं उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानी परीक्षण भइरहेको हो ।

राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.