भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एकैदिन ४५७ संक्रमित थपिए : एकको मृत्यु, संक्रमणदर १० प्रतिशत पुग्यो


  • श्रावण ३, २०७९
  • 366 Views
एकैदिन ४५७ संक्रमित थपिए :  एकको मृत्यु, संक्रमणदर १० प्रतिशत पुग्यो image

काठमाडाैं । निरन्तर उकालो लागिरहेको कोरोना संक्रमण सोमबार ह्वात्तै बढेको छ । एकैदिन चार सय ५७ संक्रमित थपिएका हुन् । चार हजार ६ सय ५१ नमुना परीक्षण गर्दा चार सय ५७ को रिपोर्ट पजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन ९.८३ प्रतिशत हो । यससँगै सक्रिय संक्रमितको संख्या एक हजार सात सय ७६ पुगेको छ ।

सोमबार एक संक्रमितको मृत्यु पनि भएको छ । अढाई महिनापछि पहिलोपटक आइतबार एक संक्रमितको मृत्यु भएको थियो । त्यस्तै, अस्पतालमा उपचार गराइरहेका ७५ मध्ये १५ को आइसियू र एकको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिले नेपालसहित विश्वभर फैलिरहेको ओमिक्रोनको बिए फाइभ भेरियन्टलाई अल्ट्राफास्ट भाइरस मानिए पनि दोस्रो र तेस्रो लहरको तुलनामा जोखिम न्यून हुने बताउँछन् । ‘अहिले फेरि समुदायस्तरमा संक्रमण फैलिरहेको छ । संक्रमणदर न्यून हुँदा स्वास्थ्यका मापदण्ड पालना गर्न छाड्ने प्रवृत्तिका कारण नयाँ भेरियन्ट देखिनेबित्तिकै संक्रमण बढेको छ । तर, अस्पतालमा रहेका बिरामीमा पनि तुलनात्मक रूपमा गम्भीर समस्या नदेखिएका कारण आत्तिनुपर्ने अवस्था भने छैन,’ उनले भने ।

स्वास्थ्यका मापदण्ड पालना गर्न छाड्दा भिडभाड हुने काठमाडौंमै संक्रमणदर बढी छ । हाल कुल संक्रमितको ६४ प्रतिशत संक्रमित काठमाडौंमै छन् । काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमित एक हजार १३ छन् जुन कुल सक्रिय संक्रमितको ५७ प्रतिशत हो ।

संक्रमण फैलिए पनि जोखिम न्यून देखिन्छ : डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ

संक्रमणदर न्यून हुँदा स्वास्थ्यका मापदण्ड पालना गर्न छाड्ने प्रवृत्तिका कारण नयाँ भेरियन्ट देखिनेबित्तिकै संक्रमण बढेको छ । तर, अस्पतालमा रहेका बिरामीमा पनि तुलनात्मक रूपमा गम्भीर समस्या नदेखिएका कारण आत्तिनुपर्ने अवस्था भने छैन ।

आजदेखि १८ वर्षमाथिकालाई कोभिड विरुद्धको तेस्रो मात्रा खोप दिइँदै

स्वास्थ्य कार्यालय काठमाडौंले करिब एक लाख संख्यालाई लक्षित गरेर तेस्रो मात्रा खोप लगाउने तयारी गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि नजिकको स्वास्थ्य कार्यालय र वडा कार्यालयमा सञ्चालन गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.