भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

काभा यू–२० भलिबलस् नेपाल पराजित, उज्वेकिस्तानलाई उपाधि


  • आश्विन २७, २०८१
  • 228 Views
काभा यू–२० भलिबलस् नेपाल पराजित, उज्वेकिस्तानलाई उपाधि image

काठमाडौँ । काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपमा नेपाल पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो।

फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित हुँदै उपविजेता बनेको हो। पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले लगातार तीन सेट गुमाउन पुग्यो। दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथों सेटमा नेपाल २५–२० ले पराजित बन्यो। समूह चरणको अन्तिम खेलमा शुक्रवार नेपालले तुर्कमेनिस्तानलाई हराएको थियो।

नेपालले समूह चरणमा श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार ब्यहोरेको थियो।
श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन्। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.