भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा


  • आश्विन २७, २०८१
  • 302 Views
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा image

काठमाडौं । विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ । विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसानप्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो।

घटस्थापनाको एक साताअघि देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको बाढीपहिरोले राजधानीबाट बाहिरिने धेरै सडक बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु यस वर्ष घटेकाले राजधानीमा चहलपहल देखिएको हो । राजधानीबाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल देखिएको हो।

राजधानीमा चहलपहल बढेपछि सडकमा सार्वजनिक र निजी सवारीसाधन पनि बढी गुडेका देखिन्थे । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारीसाधन सडकमा गुडेको जनाएको छ । राजधानीका धेरै स्थानमा टीका लगाउन हिँड्नेले पनि यस वर्ष विगतमा भन्दा सहजै सार्वजनिक यातायात भेटिएको प्रतिक्रिया दिए ।

विगत वर्षमा विजयादशमीका दिन रत्नपार्कबाट नैकाप जाने सवारी नपाइने गरेकामा यस वर्ष सहजै पाइएको जगदीश भण्डारीले अनुभव सुनाए। बाढीपहिरोले बिग्रिएको सडक बनिसके पनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रु मात्र राजधानी बाहिर गएका हुन् ।

समाजशास्त्री कीर्तिकुमार दुमी राई भने धेरै नेपाली परिवारसहित राजधानी बस्ने क्रम बढेकाले पनि कम यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको बताउँछन्। राजधानी, ठुला सहर र सदरमुकामकेन्द्रित बसोवास गर्नेको संख्या बढिरहेको उनले सुनाए। यसैले गर्दा पनि यस वर्षको विजयादशमीमा राजधानीमा बढी चहलपहल देखिएको हो । नयाँ पत्रिका दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.