भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कुटपिटबाट सप्तरीमा एक जनाको मृत्यु


  • चैत्र २६, २०७९
  • 277 Views
कुटपिटबाट सप्तरीमा एक जनाको मृत्यु image

राजविराज । ससुराली घरमा बस्दै आएका ज्वाईको कुटपिटबाट सप्तरीको बोदे बर्साईन नगरपालिका–६ खमगढाका ५५ वर्षीय छठु महतोको मृत्यु भएको छ । ज्वाईं रामचन्द्र महतोको कुटपिटबाट शनिबार ससुराको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

बोदे बर्साइन नगरपालिका–७ घर भई खमगढास्थित ससुराली घर बस्दै आएका ज्वाई २५ वर्षीय रामचन्द्र बेरोजगार थिए । मादक पदार्थ सेवन गरी पुस ११ गते राति आएका रामचन्द्र र छोरीबीचको झगडा छुट्याउन जाँदा छटुमाथि कुटपिट भएको थियो ।

कुटपिटबाट छठु महतोको नाक, मुख, टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । बोदे बर्साइन नगरपालिका–५ स्थित जीवनज्योती अस्पतालमा छठुको प्राथमिक उपचार पश्चात धरान घोपामा उपचार गरिएको थियो ।

कुटपिटबाट घाइते ससुरा लामो उपचारपछि चैत १८ गते मात्र घर फर्किएका थिए । चिकित्सकले घाइते हिडहुल गर्न असमर्थ रहने जनाएका थिए । औषधि उपचार चलिरहेकै बेला ससुराको घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले बताए ।

यसअघि छटु महतोकी श्रीमती ५५ वर्षीया मायाबती नौनियाले इलाका प्रहरी कार्यालय कडरबोनामा पुस १३ गते ज्यान मार्ने उद्योगको उजुरी दिएका थिए। ज्यान मार्ने उद्योग मुद्दामा पुस २९ गते पक्राउ परेका महतोविरुद्ध माघ ३ गते उजुरी दर्ता भएको छ । उक्त मुद्दा आइतबारदेखि कर्तव्य ज्यानमा परिणत भएको प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर चन्द्रकान्त अधिकारीले बताए ।

सप्तरी जिल्ला अदालतका न्यायधीश हर्कबहादुर क्षेत्रीको माघ २५ गतेको इजलाशबाट रामचन्द्रलाई ५० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा गर्ने आदेश भएको थियो । बेरोजगार रामचन्द्रले धरौटी रकम बुझाउन नसक्दा राजविराज कारागारमा थुनामा छन् ।

मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरको दफा १७७ को उपदफा १ मा कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा मार्ने कुनै काम गर्नु, गराउनु हुँदैन उल्लेख छ । सोही दफाको स्पष्टिकरणमा ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्‍याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरुप पछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ । यसरी मृत्यु भएमा दफा १७७ को उपदफा २ बमोजिम कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्म कैदको सजाय हुने व्यवस्था छ ।अन्नपूर्ण पोष्ट दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.