भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गुटको राजनीतिले कांग्रेस लथालिङ्ग भयो : कोइराला


  • आश्विन २६, २०७८
  • 721 Views
गुटको राजनीतिले कांग्रेस लथालिङ्ग भयो : कोइराला image

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताएका छन् ।

सभापतिको हैकम र मनोमानीले पार्टीको बिधानसमेत धूजा–धूजा पारेर च्यात्ने काम भएको समेत बताए । “विधानको कुन धारा कति बेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउनुपर्ने अवस्था छ,” मोरङको सुन्दरहरैंचा नगर समितिका नवनिर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, “जिल्लापिच्छे फरक–फरक नियम बनाएर अधिवेशन गरिएको छ । नेतृत्वमा बसेकाहरू जसरी पनि पार्टी कब्जाको अभियानमा छन् ।”

कांग्रेसको इतिहासमा आजसम्म प्रहरीको धेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको बताउँदै डा. कोइराला सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताए । कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतो र साँठगाँठले लोकतन्त्र खतरामा परेको बताए । लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुःखद भएको उनको भनाइ थियो ।

आजको कारोबार दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.