भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

छ महिनाभित्र विद्यालय निर्माणले पूर्णता पाउँदै


  • पुष १२, २०७७
  • 773 Views
छ महिनाभित्र विद्यालय निर्माणले पूर्णता पाउँदै image

काठमाडौँ । आगामी छ महिनाभित्र भूकम्प प्रभावित जिल्लामा नयाँ विद्यालय भवन निर्माण कार्यले पूर्णता पाइसक्ने भएको छ । नेपाल सरकारको लगानीका विद्यालय भवनको निर्माण कार्य आगामी असार मसान्तभित्र सम्पन्न भए पनि विदेशी दाताले निर्माण गरिदिने भवन सम्पन्न हुन अझै केही समय लाग्नेछ । गत २०७२ सालको भूकम्पले ३१ जिल्लाका सात हजार ९२३ विद्यालय भवनमा क्षति पुगेको थियो । तीमध्ये सात हजार ५५३ भवनको पुनर्निर्माण भइसकेको छ भने अहिले एक हजार ४६८ विद्यालय भवन निर्माण भइरहेका छन् । जग्गा व्यवस्थापन लगायतका कारण विद्यालय गाभिएकाले ३७० विद्यालय भवन निर्माण गरिरहनु परेन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा०का आयोजना निर्देशक रामशरण सापकोटाले हालसम्म करिब ८५ प्रतिशत विद्यालय भवनको निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै भन्नुभयो, “आगामी असार मसान्तसम्ममा क्षतिग्रस्त सबै विद्यालयले नयाँ भवन पाइसकेका हुनेछन् ।” नेपाल सरकारको लगानीमा निर्माण भइरहेका विद्यालय भवनको निमार्ण कार्य छिट्टै सकिए पनि ढिला गरेर सम्झौता भएकाले एसियाली विकास बैङ्क ९एडीबी० र जापानी सहयोग नियोग जाइकाले जिम्मा लिएका सबै विद्यालय भवन सम्पन्न हुन अझै तीन वर्ष लाग्नेछ । यसैगरी भारत, चीन र साउदी कोषले आगामी एक वर्षभित्र जिम्मा लिएका सबै विद्यालय भवन निर्माण गरिसक्नेछन् ।

एडीबी र जाइकाले आगामी सन् २०२३ सम्ममा सबै भवन निर्माण सम्पन्न गर्नेछन् । एकाइका अनुसार जम्मा ४५ हजार ५०२ कक्षाकोठा निर्माण गर्नुपर्नेमा हालसम्म ३१ हजार १९५ कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् । अब १४ हजार ३०७ कक्षाकोठा निर्माण गर्न बाँकी छ । एउटा विद्यालयले न्यूनतम दुईवटा कोठादेखि अधिकतम २६ वटा कोठासम्म प्राप्त गरेका छन् । बढीमा तीन तलासम्म विद्यालय भवन निर्माण गरिएका छन् । एकाइका अनुसार एडीबीले १७३, जाइकाले ४३६, भारतले ७१, चीनले आठ, साउदी कोषले २५ वटा विद्यालय भवन निर्माण गर्ने जिम्मा लिएका छन् ।

गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले ६४१ वटा भवन निर्माण गर्नेछन् । गैससहरूले ५५३ वटा भवन निर्माण गरिसकेका छन् । भूकम्पबाट क्षतिग्रस्त सबै विद्यालय भवन निर्माण गर्न ११ अर्ब सात करोड ९७ लाख रुपियाँ आवश्यकता पर्ने अनुमान गरिएको थियो । गत वर्षसम्ममा एकाइले पाँच अर्ब ३१ करोड ९३ लाख रुपियाँ खर्च गरिसकेको छ भने चालू आर्थिक वर्षमा एक अर्ब ८६ करोड रुपियाँ प्राप्त गरेको छ । अझै करिब सात अर्ब रुपियाँ आवश्यक पर्ने एकाइका पदाधिकारीको भनाइ छ ।

एकाइका आयोजना निर्देशक सापकोटाले यस वर्ष निर्माण हुने विद्यालयलाई ४५ प्रतिशत रकम उपलब्ध गराइसकिएको जानकारी दिँदै भन्नुभयो, “सबै भवन निर्माण सम्पन्न गर्न आवश्यक पर्ने रकम अर्थ मन्त्रालयसँग माग गरेका छौँ । त्यो रकम प्राप्त हुनसके समयमा विद्यालय भवन निर्माण सम्पन्न गर्न समस्या हुने छैन ।” नयाँ भवन प्राप्त गरेका विद्यालयका विद्यार्थीले नयाँ र आधुनिक फर्निचरसमेत पाएका छन् । यसले गर्दा उनीहरूको शैक्षिक गुणस्तरमा सहयोग मिल्ने बताइँदै आएको छ ।

प्रदेश नम्बर १, प्रदेश नम्बर २ का केही जिल्ला, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै विद्यालय भवन जीर्ण छन् । भूकम्प प्रभावित जिल्लाका विद्यार्थी नयाँ तथा आधुनिक भवनमा अध्ययनको अवसर पाए पनि अन्य जिल्लाका विद्यार्थी यस्तो अवसरबाट टाढा छन् । एकाइका आयोजना निर्देशक सापकोटाले आफूहरूको जिम्मेवारी भूकम्प प्रभावित जिल्लाका विद्यालय भवन निर्माण गर्ने मात्र रहेको स्पष्ट गर्दै भन्नुभयो, “बाँकी जिल्लाका विद्यालयको भौतिक पूर्वाधार सुधार गर्न सरकारले ध्यान दिनु जरुरी छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.