भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जनाति देखेकी देशकै जेठी आमा


  • आश्विन १५, २०७८
  • 494 Views
जनाति देखेकी देशकै जेठी आमा image

नुवाकोट। मुलुककै सबैभन्दा ज्येष्ठ नागरिक हुन्, बाटुली लामिछाने। उनी १ सय १९ वर्षकी भइन्। पहिचान भएमध्ये जेठी आमा हुन्। एक छोरा, चार नातिनी, पाँच पनाति, पाँच पनातिनी र एक जनाति छन्। उनी विश्वकै ज्येष्ठ नागरिक भएको भन्दै विश्व रेकर्डमा नाम लेखाउन पहल भइरहेको छ। उनले विसं १९९९ मा छोरा नेत्रप्रसादलाई जन्म दिइन्। त्यही वर्ष परदेश जाने भनेर श्रीमान् छविलाल लामिछाने घरबाट हिँडे। आजसम्म उनको अत्तोपत्तो छैन। छोराछोरी, नातिनातिनाको माया र सहारामा बाटुलीले जीवनका महŒवपूर्ण क्षण बिताइन्। परिवारकै सहारामा बाँकी जीवन पनि सुखसँग बित्ने उनी बताउँछिन्।

‘म जन्मेकै वर्ष बुवा परदेश जान्छु भनेर हिँड्नुभएको रहेछ’, नेत्रप्रसादले अन्नपूर्ण पोस्ट्सित भने, ‘हामीले निकै खोज्यौं। तर, अझै पत्तो लागेको छैन।’ ढल्किँदो उमेरले बाटुली आमालाई सुन्न र बोल्नमा केही कठिनाइ हुँदै गएको छ। आफूसँग बोल्न खोज्ने नयाँ मान्छेलाई ‘नमस्कार’ फर्काउँछिन्। विभिन्न संघसंस्था र सरकारी निकायका प्रतिनिधि सम्मान गर्न घरमा आइरहन्छन्। परिवारका सदस्यको सहारामा दोहोरो संवाद गर्ने गर्छिन्।

नुवाकोटको ककनी निवासी बाटुली आमा केही दिनदेखि बिरामी रहेको नेत्रप्रसादले बताए। ज्वरो, रुघाखोकीका कारण उनलाई खान र बोल्न पनि अप्ठ्यारो भइरहेको छ। उनलाई दही, दूध, फलफूल मन पर्छ। पनाति श्याम ढुंगानाले परिवारका सबै सदस्य मिलेर बाटुली आमाको स्याहारसुहार गर्ने गरेको बताए। सदरमुकाम विदुरबाट ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका–८ थानसिङ छापथोकमा बाटुली आमा बस्छिन्। विभिन्न सरकारी निकायले आमालाई सम्मान र पुरस्कार प्रदान गरेका छन्। उनको सम्मानमा सरकारले घर बनाइदिएको छ। राष्ट्रिय सम्मानसहित नगद तथा जिन्सी उपहार दिइएको थियो।

बाटुलीको जन्म १९५९ चैत १० गते सिन्धुपाल्चोकको साबिक बाँसबारी गाविस–१ गिरानचौरमा भएको थियो। उनकी आमा देवीकुमारी र पिता जयनारायण तिवारी हुन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा बागमती प्रदेश सरकारबाट पुरस्कार तथा सम्मान गरिएको छ।

उनी विश्वकै ज्येष्ठ नागरिक भएको दावी गर्दै विश्व रेकर्डका लागि गिनिज बुकमा नाम लेखाइदिन संघीय, प्रदेश तथा स्थानीय सरकारको समन्वयमा प्रक्रिया सुरु गरिएको छ। महिला मन्त्रालयले गिनिज वुक अफ द वल्र्डमा नाम लेखाउन अभियान नै सुरु गरिएको जानकारी दिएको छ। ककनी गाउँपालिकाले दुई वर्षदेखि मासिक १० हजार नगद र वागमती प्रदेशका कृषि राज्यमन्त्री बद्री मैनालीले मासिक ५ हजार नगद दिँदै आएका छन्। मैनालीकै पहलमा १० लाख रुपैयाँको लागतमा बाटुलीको घर निर्माण गरिएको थियो। ‘मुलुककै ज्येष्ठ नागरिकलाई सहयोग गर्नु नेपाल र नेपालीकै सम्मान हो,’ मैनालीले भने।

जेष्ठ नागरिकको सम्मानमा आफुहरूले कुनै कसर बाँकी नराख्ने ककनी गापाका अध्यक्ष मानवहादुर लामाले बताए।

आजको अन्नपूर्ण पोष्ट दैनिकबाट…

जनाति देखेकी देशकै जेठी आमा

 


Thali Mobile Pvt.Ltd.