भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार


  • आश्विन १५, २०७८
  • 494 Views
‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार image

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका हुन् ।

सत्ता गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग संवाद गर्न तयार रहेको र आवश्यक परे एमाले अध्यक्ष केपी ओलीसँग एक्लै संवाद गरेर संसद्को अवरोध अन्त्य गर्न चाहेको बताइन् । ‘प्रधानमन्त्रीज्यू एमाले अध्यक्षसँग आवश्यक परे एक्लै संवाद गर्न पनि तयार हुनुभएको छ, उहाँ संसद्को गतिरोध अन्त्य गर्न चाहनुहुन्छ,’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले राजधानीसँग भनिन् । कांग्रेस नेता मीन विश्वकर्माले प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक ‘डेडलक’ अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवाद चाहेको बताए ।

‘प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक डेडलक अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवादको प्रक्रिया अघि बढाइरहनुभएको छ, एमालेका दोस्रो तहका नेताहरूसँग अझै पनि सत्ता पक्षले त्यो प्रयासलाई जारी राखेको छ,’ नेता विश्वकर्माले भने । उनले सर्वदलीय बैठकसमेत एमालेसँगको संवादकै आधारमा तय भएको र अन्त्यमा सो दलबाट बैठकमा सहभागिता भने नभएको बताए ।

‘संवाद सुरु भइरहेको थियो, अहिले पनि जारी छ, त्यहीअनुसार नै सर्वदलीय बैठक बोलाइएको हो, तर उहाँहरू आउनु भएन, यो प्रयास अझै जारी रहन्छ,’ उनले थपे । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेसँग संसद्मा देखिएको गतिरोध अन्त्य, प्रतिपक्षी दलको रचनात्मक सहयोग र राष्ट्रिय राजनीतिका मुद्दामा सहमति चाहेको बताउँदै आइरहेका छन् ।

देउवाले यसअघि ओलीसँग वार्ता र संवाद गर्न भन्दै कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोटस्थित ओली निवास पठाएका थिए । त्यसअघिसमेत कार्कीले दुईपटक ओलीसँग एक्लै भेटेका थिए । कांग्रेसबाट एमालेका नेताहरूसँग संवाद गर्न मन्त्री कार्की र नेता विश्वकर्मा खटिँदै आइरहेका छन् । प्रधानमन्त्रीको सचिवालयले समेत प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा एमाले अध्यक्षसँग वार्ता गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । तर, दुई नेताबीच कहिले भेट हुने भन्ने तय भइसकेको छैन ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग सम्पर्क गरेर छलफल अगाडि बढाउने प्रतिबद्धता जनाएको कानुनमन्त्री कार्कीलेसमेत जानकारी दिएका छन् । एमालेले संसद बैठक सुरु भएदेखि नै अवरोध गर्दै आइरहेको छ भने सभामुख र सरकार संवादमार्फत समस्या समाधान गर्न तयार नभए अवरोध जारी रहने बताउँदै आइरहेको छ ।

आजको राजधानी दैनिकबाट…

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

 


Thali Mobile Pvt.Ltd.