भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जलवायु परिवर्तन साझा चुनौती


  • आश्विन २३, २०७७
  • 620 Views
जलवायु परिवर्तन साझा चुनौती image

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा परेको बताउनुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी उच्च नेतृत्वको कार्यक्रम (क्लाइमेट भल्नरेवल फोरम)मा बिहीबार सम्बोधन गर्नुहुुँदै प्रधानमन्त्री ओलीले बढ्दो तापमान, समुद्री सतहको बढोत्तरी र हिमनदीहरू पग्लनेजस्ता जलवायु परिवर्तनले देखाएको अस्तित्वगत खतराका कारण उच्च हिमाली सभ्यताको जीवन र जीविकामा गहिरो असर पारेको बताउनुभयो ।

यस खतराले मानवता प्रकृतिविरुद्धको गलत दौडको पक्षमा उभिने अर्को खतरा बढेको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । अरूको निस्क्रियताको भार नेपालजस्तो देशले बोक्नुपरेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको हिमनदीको महìव उच्च रहेको बताउनुभयो ।

“जसले नदीका विविध पात्रहरूलाई पोषण दिन्छ र समुद्री पारिस्थितिक प्रणालीलाई सफा गर्छ, प्राकृतिक जलवायु स्थिरताका रूपमा काम गर्छ, पहाड र समुद्रबीचको जैविक सम्बन्धलाई यसले दर्शाउँछ,” उहाँले भन्नुभयो । गोरखा पत्रबाट…

 


Thali Mobile Pvt.Ltd.