DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जिम्मेवार भएर चाडपर्व मनाउन आग्रह


  • आश्विन २३, २०७७
  • 675 Views
जिम्मेवार भएर चाडपर्व मनाउन आग्रह image

काठमाडौं । नेपालका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधिका रूपमा हालै नियुक्त हुनुभएका डा. राजेश समबाजीराव पाण्डवले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो । उहाँ असोज २ गते नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिका रूपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुग्नुभएको थियोे ।

डा. राजेशले भन्नुभयो– ‘नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले विगतको ५० वर्षमा बलियो साझेदारी विकास गरेका छन् । यो साझेदारीले स्वस्थ नेपालको साझा उद्देश्य बोकेको छ । मैले नेपाल सरकार र अन्य साझेदारहरूसँगको साझेदारीलाई थप सुदृढीकरण गर्न र सबैका लागि स्वास्थ्यको महŒवपूर्ण एजेन्डालाई अघि बढाउनेतर्फ पहल गर्नेछु ।’

उहाँले नेपालमा स्वास्थ्यकर्मीले गरिरहेको कामको महत्वलाई जोड दिनुभयो । विश्व स्वास्थ्य संगठनको प्रतिनिधिका रूपमा कार्यभार सम्हाल्दै उहाँले भन्नुभयो– ‘नेपाली समाजका प्रत्येक सदस्यलाई जिम्मेवार भएर चाडपर्व मनाउनु हुन म आग्रह गर्न चाहन्छु । भीडभाड गरेर एकै ठाउँमा जम्मा हुँदा यो रोग देशका सबै कुनासम्म विस्तार हुन सक्छ ।’ नेपाल समाचारपत्रबाट…

 


Thali Mobile Pvt.Ltd.