भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मनाङमा कांग्रेसको जिल्ला सभापतिमा शंकर गुरुङ निर्वाचित


  • आश्विन १७, २०७८
  • 617 Views
मनाङमा कांग्रेसको जिल्ला सभापतिमा शंकर गुरुङ निर्वाचित image

मनाङ । मनाङमा कांग्रेसको जिल्ला सभापतिमा शंकर गुरुङ निर्वाचित भएका छन् । १४ औं महाधिवेशनअन्तर्गत शनिबार भएको जिल्ला अधिवेशनले गुरूङलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो । मनाङमा वडा अधिवेशन अगावै सबै तहको नेतृत्व सर्वसम्मत चयन गर्ने टुंगो लागिसकेको थियो । त्यहीअनुसार शनिबार जिल्ला अधिवेशन भएको हो । नव निर्वाचित गुरुङ शेरबहादुर देउवा निकट मानिन्छन् । उनी कांग्रेस विभाजित हुँदा देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको पनि जिल्ला सभापति भएका थिए । यस्तै जिल्ला उपसभापतिमा यज्ञ घले र चन्द्र घले चयन भएका छन् । सचिवमा सुरेन्द्र गुरुङ र महेन्द्र घले रहेका छन् ।

कोषाध्यक्षमा कर्माबहादुर गुरुङ चयन भएका छन् । सह–सचिवमा काशिराम गुरुङ र सागर गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ । नाङबाट महाधिवेशन प्रतिनिधिहरूमा सभापति शंकर गुरुङ, पूर्वसांसद पाल्टेन गुरुङ, पूर्वमन्त्री एवम् निबर्तामान सभापति टेकबहादुर गुरुङ, कर्मा घले, चुङदे लामा, चिन्ताबहादुर घले, छाङदो लामा, बामे गुरुङ, टाँसी गुरुङ, गीता गुरुङ चयन भएका छन् । यस अघि दुई कार्यकाल नेतृत्व सम्हालेका निवर्तमान जिल्ला सभापति एवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको संयोजकत्व र कार्यकर्ताहरूबीच छलफल गरी नयाँ नेतृत्व टुंगो लगाइएको कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए ।

मनाङमा कुनै विवाद नभई सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागेको सचिव गुरुङको भनाइ छ । मनाङ कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन शुरु हुनुभन्दा अगाडि नै वडादेखि जिल्लासम्म सर्वसम्मत रुपमा कार्यसमिति र प्रतिनिधिहरु चयन गरेको कांग्रेस मनाङका निवर्तमान सभापति टेकबहादुर गुरुङले बताए । कांग्रेसभित्रको विवाद र द्वन्द्व निवारणका विषयमा मनाङ यसअघि पनि उदाहरण बन्दै आएको गुरुङको भनाइ छ । मनाङमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा समेत कसले टिकट पाउने भन्ने विषयमा अहिलेसम्म विवाद नभएको गुरुङ बताउँछन् । जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि निवर्तमान सभापति टेकबहादुर गुरुङले बधाइ र शुभकामना दिएका छन् ।

पुरा समाचार आजको नयाँ पत्रिका दैनिकमा छ…

 


Thali Mobile Pvt.Ltd.