भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जैसीले पाएनन् क्षतिपूर्ति


  • मंसिर १३, २०८०
  • 356 Views
जैसीले पाएनन् क्षतिपूर्ति image

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक साताभित्रै क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि प्रहरीको गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैसीले चार महिना बितिसक्दासमेत नपाएको गुनासो गरेका छन् । यसअघि गृह मन्त्रालयले एक लाख ९१ हजार क्षतिपूर्ति दिलाएको थियो ।

जैसीले पाएनन् क्षतिपूर्ति

उपचार खर्च नपुग्ने गरी क्षतिपूर्ति दिएर सरकारले बेवास्ता गरेको भन्दै थप क्षतिपूर्तिको मागसहित उनी असार १ देखि काठमाडौंको माइतीघरमा अनशन बसेका थिए । असार २५ मा अनशन तोडाउँदै गृहमन्त्री श्रेष्ठले अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र उपयुक्त रोजगारीसमेतको व्यवस्था गरिदिने वचन दिएका थिए ।

‘मन्त्रीज्यूले एक साताभित्र काम गर्छु, अरू बोल्छन्, म काम गर्छु भन्नुभएको थियो,’ जैसीले भने, ‘अनशन तोडिसकेर बुझ्न जाँदा कहिले प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवले रोक्नुभएको छ, कहिले क्याबिनेट बैठक बसेको छैन भनेर चार महिनादेखि रोकियो ।’

यस विषयमा आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का मुख्य सचिव बैकुण्ठ अर्यालसँग भेट र टेलिफोनसमेत गरेको बताए । मुख्य सचिव अर्यालले पनि मन्त्रीकै शैलीमा क्याबिनेट बैठक नबसेको, दुईरचार दिनमा कल गर्छु भनेर आलटाल गर्दै आएको जैसीले गुनासो पोखे । मुख्य सचिव अर्यालले भने जैसीलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि औपचारिकता दिन बाँकी रहेको बताए ।

२६ वर्षीय जैसीको घर कैलाली जानकी गाउँपालिका–८ मा पर्छ । सात वर्षअघि काठ तस्करसँगको झपडमा प्रहरीलाई बचाउने क्रममा प्रहरीबाटै गोली लाग्दा सख्त घाइते भएका थिए । त्यतिखेर सरकारले जैसीको उपचार खर्च व्यहोर्ने आश्वासन दिएको थियो । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.