भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘विपिनको बाटो हेर्दाहेर्दै थाकिसक्यौं’


  • मंसिर १६, २०८०
  • 246 Views
‘विपिनको बाटो हेर्दाहेर्दै थाकिसक्यौं’ image

कञ्चनपुर । मंसिर ७ मा इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासले अस्थायी युद्धविराम गर्दा भीमदत्त नगरपालिका–३ का महानन्द जोशी खुसी थिए । हमास समूहको नियन्त्रणमा रहेका छोरा विपिन जोशी रिहा हुनेमा उनी निकै आशावादी थिए ।

‘विपिनको बाटो हेर्दाहेर्दै थाकिसक्यौं’
युद्धविराम भएकै दिनदेखि हमासले बन्धक बनाएकाहरूलाई छोड्न सुरु गरेपछि उनको आशा झन् बढ्दै गयो । बन्धक बनाइएका विपिन पनि मुक्त हुन्छन् र पारिवारिक मिलन होला भनेर बाटो हेर्दै बसेका थिए ।

छोरा रिहा नहुँदै अस्थायी युद्धविराम भंग भएपछि भने महानन्द पुनः चिन्तामा डुबेका छन् । शुक्रबारदेखि हमास र इजरायलबीच पुनः युद्ध सुरु भएको छ । ‘विपिन पनि मुक्त हुन्छन् भन्ने आशा थियो, अब के पो हुने हो,’ हतास बनेका महानन्दले भने, ‘हामी बाटो हेर्दाहेर्दा थाकिसक्यौं, अब के गर्ने होला रु सरकारले पनि छुटाउने गरी पहल गर्न सकेन ।’

युद्धविरामकै अवधिमा जोशी परिवारले परराष्ट्रमन्त्री एनपी साउदलाई समेत भेटेका थिए । यसैसाता गृहजिल्ला आएका मन्त्री साउदसँगको भेटमा महानन्दले विपिनलाई सकुशल छिटोभन्दा छिटो ल्याइदिन आग्रह गरेका थिए । ‘हामी पहल गरिरहेका छौं, इजरायलका विदेशमन्त्रीसँग पनि कुरा भइरहेको छ भन्नुहुन्थ्यो,’ उनले भने, ‘आक्रमणको घटना भएकै दिनदेखि यही कुरा सुन्दै आएका छौं ।’ उनले पहल मात्रै नभई छोरालाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका छन् ।

चारदिने युद्धविराम थपिँदै गएपछि छोरा छुट्ने आशा गरेका उनी यतिबेला फेरि निराश भएका हुन् । विभिन्न देशले कूटनीतिक पहलबाट आफ्ना नागरिक छुटाएको भन्दै उनले नेपालले पनि त्यही अनुसारको पहल गर्न नसकेको गुनासो गरे । गत असोज २० मा विपिनलाई हमासले नियन्त्रणमा लिई बन्धक बनाएको थियो । लामो समयसम्म उनको बारेमा कुनै जानकारी नआउँदा परिवार निकै चिन्तित छ ।

पछिल्लो समय इजरायल सरकारले नै विपिन हमासको नियन्त्रणमा रहेको सार्वजनिक गरेपछि जोशी परिवारले केही राहत महसुस गरेका हुन् । ‘छोरा कुन अवस्थामा छ, सकुशल छ कि चोटपटक लागेको छ कि, यस्तै कुराले सताइरहन्छ,’ महानन्दले भने । बझाङमा शिक्षण पेसामा संलग्न महानन्द छोराकै चिन्ताले विद्यालय जान सकेका छैनन् । कञ्चनपुरमै शिक्षण पेसामा रहेकी उनकी श्रीमती पद्मा भने जेनतेन विद्यालय गइरहेकी छन् ।

इजरायल र हमास समूहबीच भएको एक साताको युद्धविरामका बेला एक सयभन्दा बढी बन्धक छुटिसकेका छन् । अझै त्यति नै संख्यामा बन्धकहरू हमासको नियन्त्रणमा छन् । सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत साउन अन्तिम साता इजरायल गएका थिए । कृषि फार्ममा काम गरिरहेका बेला हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई त्यहींबाट हमासले नियन्त्रणमा लिई बन्धक बनाएको हो । कान्तिपुुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.