भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

डेट एक्सपायर’ खाद्य सामग्री बेच्न गिरोह नै सक्रिय,२०७ प्रकारका अखाद्य सामग्रीमा नयाँ लेभलिङ


  • आश्विन २१, २०७७
  • 316 Views
डेट एक्सपायर’ खाद्य सामग्री बेच्न गिरोह नै सक्रिय,२०७ प्रकारका अखाद्य सामग्रीमा नयाँ लेभलिङ image

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरूमा ‘डेट एक्सपायर’ खाद्य सामग्रीलाई नयाँ मितिसहित पुनः लेभलिङ गरी बेच्न ठूलो गिरोह नै सक्रिय भएको पाइएको छ । प्रहरीले काठमाडौंमा मंगलबारसम्म त्यस्ता गिरोहबाट सञ्चालित चार ठूला गोदाममा छापा मारी बजारमा बेच्न लैजाने तयारी अवस्थामा राखिएका २०७ प्रकारका अखाद्य सामग्री सिल गरेको हो । ‘हेर्दा डिस्टिब्युटर्स र सञ्चालकहरू फरक फरक छन् तर काम उही छ, थप अनुसन्धान गर्दै छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले म्याद गुज्रिएका अखाद्य सामान बजारबाट उठाउने र नयाँ लेभलिङ गरेर फेरि बजारमा पठाउन ठूलो गिरोह नै लागेको हुन सक्ने बताए । ‘सप्लायर्सहरू फरक फरक देखिएका छन् तर कनेक्सन कहाँ छ भनेर खोज्दै छौं,’ महाशाखा प्रमुख थापाले भने । प्रहरीले आफ्नो तर्फको अनुसन्धान जारी राखेरै म्याद सकिएका सामान बिक्री गर्ने कम्पनी तथा डिस्टिब्युटर्सहरूको फाइल सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको जनाएको छ ।

– सिल गरिएका सामग्री नष्ट गर्न अझै अलमल
– माथिसम्मकै जालो खोज्दै प्रहरी
– अखाद्य सामग्री छ्यापछ्याप्ती
– सिल वस्तु तत्काल नष्ट गर्न माग

प्रहरीले गत बिहीबारयता राजधानीका कलंकी, बाफल र महाराजगन्जका चार ठूला स्टोरमा विशेष सूचनापछि छापा मारेको थियो । यस्तै, वीरगन्जमा पनि म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ लेभलिङ गरिएको पाइएको छ । प्रहरीले वीरगन्जमा समेत नयाँ लेभलिङ गरी बजारमा लैजाने तयारी अवस्थामा गोदाममा राखिएका डेट एक्सपायर खाद्य सामग्री सिल गरेको छ । प्रहरीले मंगलबार मात्रै राजधानीको महाराजगन्ज क्षेत्रबाट म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ लेभलिङ गरिएका ३ करोड मूल्य बराबरको खाद्य सामग्री नियन्त्रणमा लिएको हो । महाराजगन्जको जोडियाक गोदाममा प्रहरीले छापा हान्दा बिस्कुटसहित तेल, डाइपर टिस्यु पेपरलगायत ३ करोड बराबरको म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको जनाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरका अनुसार सो गोदामबाट सञ्चालक जितेन्द्रकुमार लोइयासहित लेखापाल मुकेश रौनियार र कर्मचारी अनिल मगर पक्राउ परेका छन् । प्रहरीले गत बिहीबार कलंकी र बाफल क्षेत्रका दुई गोदाममा छापा हान्दा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट चकलेट र बेकरीसम्बन्धी खाद्य सामग्री फेला पारेको थियो । अपराध महाशाखाको अगुवाइमा भएको सो अप्रेसनका क्रममा कलंकीस्थित आयन डिस्टिब्युटर्स प्रालिबाट रिलेभलिङ गर्ने एउटा मेसिन र बाफलस्थित अमजोन डिस्टिब्युटर्स प्रालिबाट म्याद गुज्रिएका ओरियो बिस्कुट, स्निकर्स चकलेट, बर्न भिटा, प्रिंगल्सलगायतका खाद्य सामग्री राखिएको गोदाम सिल गरिएको थियो । सो क्रममा बजारमा पहिले नै पठाइएका तर हाल डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुससहित म्याद सकिएका बेकरीसम्बन्धी खाद्य सामग्री पुनः नयाँ म्याद राखिएको अवस्थामा फेला परेको थियो ।  राजधानी दैनिकबाट……

 

 


Thali Mobile Pvt.Ltd.