भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ढलको दुर्गन्धले बस्तीमा समस्या


  • माघ १९, २०७७
  • 550 Views
ढलको दुर्गन्धले बस्तीमा समस्या image

भोजपुर । स्थानीयवासीको चरम लापरबाहीले ढल बग्न थालेपछि सदरमुकाम आसपासका बस्ती दूषित र दुर्गन्धित बनेको छ। भोजपुर नगरपालिका–७ र ९ का करिब ५० भन्दा बढी स्थानीय बजारवासीको घरबाट निक्लने उक्त ढल अव्यवस्थित रूपमा बगेपछि स्थानीय दलित बस्ती, सर्वसाधारण, विद्यार्थीलाई सास्ती भोग्न बाध्य बनाएको छ।

मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने उक्त ढलको दुर्गन्धले दैनिक जीवनयापन गर्न समस्या भएको स्थानीय गोविन्द सुन्दासले बताए। ‘घरमा बसिसक्ने अवस्था छैन, ढलको दुर्गन्धले घर बन्द गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘स्थानीय बजारवासीको लापरबाहीले बगेको ढलको दुर्गन्धमा कति बस्ने रु कसैले चासो नै दिँदैनन्’, उनले भने। भोजपुर सदरमुकामको बीच बजारका बासिन्दाले ढल व्यवस्थापनमा बेवास्ता गरेपछि आसपासका बस्ती दुर्गन्धित बनाएको उनको भनाइ थियो।

नगरपालिकाले दुई वर्षअघि ‘एक घर एक सेफ्टी ट्यांकी’ राख्न प्रतिबद्धता गराए पनि बजारवासीले सेफ्टी ट्यांकी बनाउन अटेरीपन देखाएपछि समस्या उत्पन्न भएको हो। दुर्गन्धले सार्वजनिक पैदल बाटोमा हिँड्ने विद्यार्थी र बटुवालाई झन् सास्ती दिएको छ। ढल उपभोक्ता समितिले ढल व्यवस्थापनमा नगरपालिकाले वास्ता नगरेको बताएको छ।

अन्नपूर्णपाेष्टबाट…

 


Thali Mobile Pvt.Ltd.