भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बजार मूल्यभन्दा सस्तोमा मार्सी बेच्दै खाद्य


  • माघ १९, २०७७
  • 816 Views
बजार मूल्यभन्दा सस्तोमा मार्सी बेच्दै खाद्य image

काठमाण्डाैं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जुम्लाको मार्सी चामल बिक्री सुरु गरेको छ । स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्नका लागि पहिलो पटक खाद्य कम्पनीले उपत्यका ल्याएर बिक्री सुरु गरेको हो । जुम्लाबाट ल्याइएको चामल ‘नेपाल फुड’ ब्रान्डमार्फत बिक्री सुरु गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बजार मूल्यभन्दा सस्तोमा प्रतिकेजी २ सय २५ रुपैयाँमा मार्सी चामल बिक्री सुरु गरिएको जानकारी दिए ।

स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यका साथ चामल बिक्री सुरु गरिएको कम्पनीले जानकारी दिएको छ । दुई सय ७० क्विन्टल चामल ल्याएर बिक्री सुरु गरिएको कम्पनीले जानकारी दिएको छ । क्रमिक रूपमा अन्य उत्पादन पनि बिक्री गर्दै जाने कम्पनीले जानकारी दिएको छ । कम्पनीले अनलाइनमार्फत, आफनै बिक्रीकक्ष र घरघरमा र्पुर्याएर चामल बिक्री गरेको उनको जानकारी दिए ।
चिसो हावापानीमा फल्ने मार्सी चामल स्वास्थ्यका लागि लाभदायक मानिन्छ । कम्पनीले जुम्लाबाट चामल खरिद गरेर ल्याएर प्याकेजिङ गरेर बिक्री सुरु गरेको कम्पनीले जानकारी दिएको छ ।

व्यवसायीका अनुसार बजारमा एक किलो मार्सीको मूल्य २ सय ४० देखि २ सय ६० रुपैयाँसम्म पर्छ । जुम्लाबाट १ सय ८५ रुपैयाँमा खरिद गरेको सो चामल खाद्यले ढुवानी, प्याकेजिङ खर्च, लोड–अनलोड, प्रशासनिक खर्चलगायत जोडेर प्रतिकेजीे २ सय २५ मूल्य निर्धारण गरेको जनाएको छ ।
कम्पनीले जुम्लाको सिमी पनि नेपाल फुड ब्रान्डमा बिक्री गर्दै आइरहेको छ । सिमी प्रतिकेजी एक सय २० रुपेैयाँमा बिक्री गरेको छ । खाद्यले २०७४ सम्म सिमी, फापरलगायत गेडागुडी खरिद गर्दै आएको थियो । खाद्य कम्पनीले दुर्गम तथा पहाडी जिल्लामा चामल पठाउने र स्थानीय उत्पादन ल्याएर बिक्री गदै आएको छ ।
फापर, उवाँ, सिमी समेत बिक्री गदै आएको छ । कर्णालीकै उत्पादन खरिद गर्न सरकारले अनुदानसमेत दिँदै आएको थियो तर खरिद गरिएको सिमी तथा फापर खाद्यले लक्ष्य अनुसार बिक्री गर्न सकेन ।

गत बिहीबारदेखि काठमाडौंको थापाथली, नक्खु, भक्तपुर, रामशाहपथ आउटलेटबाट बिक्री सुरु गर्नुका साथै बिक्री कक्षमा नआइ अनलाइनबाट किन्छु भन्नेलाई पनि डेलिभरी दिने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले किसानबाट न्यूनतम समर्थन मूल्यमा धान खरिद गरेर दुर्गम तथा सुगम जिल्लामा चामल वितरण गर्दै आएको छ । कम्पनीले बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न बिक्री गदै आएको छ । सरकारले चामल ढुवानी गर्नका लागि वर्षेनी अनुदान रकम उपलव्ध गराउने गर्छ ।

काराेबार दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.