भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको दाबी


  • आश्विन १६, २०७८
  • 490 Views
तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको दाबी image

काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको बताएका छन् । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गरे ।

नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिर्पोट’ सार्वजनिक गर्दै उनले केन्द्रिय तथ्यांक विभागलाई पनि यथार्थमा आधारित तथ्यांक संकलनको काममा जोड दिन सचेत गराए । उपाध्यक्ष पौडेलले तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन भएको स्मरण गराउँदै त्यस काममा उद्योगी व्यवसायीको पनि ध्यान जानुपर्नेमा जोड दिए । उनले भने, ‘तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन हो । हुकुमी शासनमा मात्रै तथ्यांकहरुको जरुरी पर्दैन ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष सतीश मोरले उद्योग व्यवसाय संचालनका लागि विद्युतमा लगाइएको महशुल दर घटाउन सरकारसँग माग गरे । उनले विद्युत महशुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापार समेत बढेर जाने स्पष्ट पारे । पूर्वअध्यक्ष मोरले विद्युत महशुल सहुलियत दरमा सरकारले व्यवस्था गर्न नसक्दा नेपालले आयातित बस्तुमा निर्भर हुनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले उद्योगधन्दाहरु संचालनका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै आएको छ । मुलुकको व्यापार घाटा कम गर्न र बेरोजगारी समस्या समाधान गर्न पनि सरकारले उद्योग व्यवसायमैंत्री वातावरण निर्माणमा ढिलाई गर्न नहुने पूर्वअध्यक्ष मोरको भनाई थियो ।

आजको कारोबार दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.