भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै


  • आश्विन १६, २०७८
  • 477 Views
म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै image

काठमाडौं । संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण गरेको पाइएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले राजधानीका विभिन्न स्थानमा हालै गरेको अनुगमनमा ७ लाख मूल्यबराबरका म्याद सकिएका १२ आइटमका खाद्य सामग्रीहरूमा रिलेबलिङ गरेको पाइएपछि ती सबै सामान बरामद गरिएको छ । विभागका अधिकारीहरूका अनुसार राजधानीका बालाजु, स्वयम्भू, सीतापाइला, क्षेत्रका विभिन्न गोदाममा म्याद सकिएका खाद्य सामग्री ठूलो परिमाणमा लुकाएर राखिएको सूचनाका आधारमा त्यस क्षेत्रमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा विभागका अधिकारीहरूले ६० लाख मूल्यबराबरका विभिन्न खाद्य सामग्रीको परीक्षण गरेको थियो । अनुगमनका क्रममा ७ लाखबराबरका बिस्कुट, पास्ता, कुकिजको म्याद सकिएको पाइएपछि ती खाद्य वस्तु बरामद गरिएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईले जानकारी दिए । त्यसरी म्याद सकिएको भए पनि व्यापारीहरूले रिलेबलिङ गरी ती खाद्यवस्तु बिक्री वितरणको तयारी गरेको पाइएपछि केही व्यक्तिहरूलाई पक्राउसमेत गरिएको विभागले जनाएको छ ।

त्यसरी मानव स्वास्थ्यमा गम्भीर असर पर्नेगरी म्याद सकिएका खाद्य वस्तुहरू रिलेबलिङ गरी बिक्रीवितरण गर्नेलाई जरिमाना र जेल सजायसमेत हुने कानुनी प्रावधान रहेको छ । विशेषगरी चाडबाडको समयमा यसखालका अपराध शृंखला बढ्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ । वाणिज्य विभागले कहिलेकाहीँ मात्रै अनुगमन गर्ने भएकाले पनि लुकीछिपी म्याद सकिएका वस्तुहरूमा रिलेबलिङ गरी बिक्री गर्ने क्रममा कमी आएको छैन ।

यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न वाणिज्य विभाग तथा जिल्ला प्रशासन कार्यालयबाट समेत नियमित रूपमा अनुगमन गर्न जरुरी रहेको उपभोक्ताकर्मीको माग छ । विभागकी कानुन उपसचिव रञ्जु गौतमले विभागले दैनिक रूपमा नै ५÷६ वटा टोली बनाएर अनुगमन गरिरहेको दाबी गरिन् । यस कार्यमा वाणिज्य विभाग, प्रशासन कार्यालय र स्थानीय तहबीच उचित समन्वय नहुँदा पनि रिलेबलिङ गरी वस्तु बिक्रीवितरण गर्ने व्यापारी निरुत्साहित हुन सकेका छैनन् ।

आजको राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.