भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दुई सयभन्दा बढीलाई ठगेर बेपत्ता


  • भाद्र ९, २०८०
  • 226 Views
दुई सयभन्दा बढीलाई ठगेर बेपत्ता image

पाँचथर । भारतको पश्चिम बंगालस्थित राजगन्ज स्थायी ठेगाना भएका पंकज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा धेरै सर्वसाधारण एवं व्यापारीलाई ठगेर बेपत्ता भएका छन् ।

झापाको बिर्तामोडमा ‘पंकज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका उनी व्यवसायीहरूबाट अलैंची र नगद लिएर एक महिनादेखि बेपत्ता भएका हुन् । उनी श्रीमती, बुबा, आमा र छोरीहरूसँग बिर्तामोडमा बस्दै आएका थिए । अग्रवाल सपरिवार एक महिना अघिदेखि बेपत्ता भएको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका छन् ।

उनका बुबा भारतबाट आएर ५० वर्षदेखि बिर्तामोडमा व्यापार गर्दै आएका थिए । पंकजको नाममा झापाबाटै ०४–०१–६९–१०९५३ नम्बरको नागरिकता जारी भएको छ । पंकजलाई गोदाम राख्न घर भाडामा दिएका गनबहादुर तामाङका अनुसार बुबाकै पालादेखि स्थापित व्यवसायीको पहिचान बनाएका पंकज इलाम, सुनसरी, झापा र पाँचथरका ग्रामीण बजारसम्म घुमेर चामल व्यापार गर्थे । पाँचथरको घुर्बिसे पञ्चमीका व्यवसायी युद्वबहादुर बोहराका अनुसार बजार भाउभन्दा केही सस्तो र उधारो बेच्दै आएका उनी कारोबारीसँग ब्याज मराउनीमा चामल र तेलजस्ता खाद्य वस्तु दिन्थे ।

‘भाखा पुगेकै दिन साँवाब्याज उपलब्ध गराउने भएकाले कारोबारीको विश्वास जितेका उनी ठगेर हिँडे,’ बोहराले भने । आफूले अग्रवाललाई १० लाख रुपैयाँ नगद दिएको पनि उनले बताए । अग्रवालले पाँच जिल्लाका २ सयभन्दा धेरै व्यवसायीसँग न्यूनतम २५ हजारदेखि अधिकतम ८० लाख रुपैयाँसम्म ठगेर भागेको प्रहरीमा पीडितहरूले दिएको सापटी र ब्याज मराउनीमा लिएको उजुरीमा उल्लेख छ । उनले सबैगरी ८० करोडभन्दा धेरै रकम लिएर भागेको कारोबारीहरू बताउँछन् ।

अग्रवालले पैसा दिँदा केही कारोबारीलाई कपाली तमसुक र केहीलाई भर्पाई गरिदिएका छन् । पीडितहरूले भएका सबै प्रमाण उजुरी पत्रसँगै संलग्न राखेका छन् । ठगीमा परेकामध्ये १७ जनाले बिहीबार जिल्ला प्रहरी पाँचथरमा सामूहिक निवेदन दिएका छन् । यसअघि अग्रवालबाट पीडित १३ जनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइसकेका छन् ।

उनले केही कारोबारीलाई भाखा पुगेका दिन पैसा निकाल्नु भन्दै दिएका चेकको खातामा रकम नभएको पीडितहरूले बताएका छन् । ब्याजको प्रलोभनकै कारण टाढाबाट आएका व्यापारीलाई कारोबारीले ठूलो परिमाणमा पैसा सापटी दिने, भरपर्दो कागज नबनाउने र भागिसकेपछि मात्रै प्रहरी प्रशासन गुहार्ने गरेका कारण ठगिने क्रम नरोकिएको पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले बताए । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.