भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मुख्यमन्त्रीविरुद्ध रिट परेकै दिन संसद अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी


  • भाद्र ७, २०८०
  • 208 Views
मुख्यमन्त्रीविरुद्ध रिट परेकै दिन संसद अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी image

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गरेको छ। कानुनको धज्जी उडाएर मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने सभामुखको अध्यक्षतामा सभा सञ्चालन हुन नसक्ने भन्दै प्रतिपक्षीले बैठक बहिष्कार गरेपछि बुधबार दिउँसो संसद बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो। तर बुधबार साँझ कोसी प्रदेश सरकारले प्रदेश प्रमुख पर्शुराम खापुङलाई संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

कोशी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को मिति २०८०र५र६ गतेको सिफारिसमा संवत् २०८० साल भदौ ६ गते बुधबार रातको १२ बजेदेखि कोशी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको छ ।’

हाल तत्कालीन एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट चलिरहेको छ। भदौ १० गतेभित्र एमालेले ल्याएको बजेट जस्ताको तस्तै पारित गर्नुपर्ने वा प्रतिस्थापन गर्नुपर्ने संवैधानिक बाध्यता भएपनि सरकारले संसदमा बजेट प्रस्तुत नगरी प्रदेश सभा अधिवेशन अन्त्य गरेको हो।

सर्वोच्च अदालतमा रिट दायर, आज पेसी

थापा नेतृत्वको सरकारविरुद्ध बुधबार सर्वोच्च अदालतमा दायर भएको रिटको आज पेसी तोकिएको छ। मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीले बुधबार रिट दायर गरेका हुन्।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभामुख इस्राइल मन्सुरीले समेत मत दिएका थिए। रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, सभाध्यक्ष भएर सभामुखको भूमिका निर्वाह गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य एवं प्रदेशसभा सदस्य गीता तिमल्सिना र कोसी प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ।

गत साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। प्रदेशसभा बैठक आह्वान गरेर बिरामी परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेपछि मन्सुरीले सभाको अध्यक्षता गरेका थिए। मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजनपछि दिएको मत सच्याउने समयमा सभाध्यक्षको आसनमा नेकपा ९माओवादी केन्द्र०की प्रदेशसभा सदस्य गीता तिम्सिनालाई बोलाउँदै मन्सुरी मतदान प्रक्रियामा सहभागी भएका हुन्। उनकै मतका आधारमा मुख्यमन्त्री थापाले ४७ मत पाए। विपक्षमा ३० मत परेको थियो।

सभामुख बाबुराम गौतम पदबाट राजीनामा दिएर थापाको नेतृत्वमा सरकार गठन प्रक्रियामा सहभागी भएका थिए। गौतम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री छन्। यस अगाडि पनि सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर गरिदिएको थियो।

कोशी प्रदेशमा सभामुख बाबुराम गौतमले थापालाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि पेश गरिएको प्रस्तावमा हस्ताक्षर गरी जनाएको समर्थन गर्नु संवैधानिक नैतिकता, संसदीय अभ्यास र नेपालको संविधानमा रहेका प्रावधान समेतका दृष्टिले उचित, वैध र स्वीकार्य नभएको अदालतको ठहर गरेको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.