भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नागरिक घोषणापत्र टुँडिखेलमा सार्वजनिक गरिने


  • माघ २१, २०७७
  • 584 Views
नागरिक घोषणापत्र टुँडिखेलमा सार्वजनिक गरिने image

काठमाडौँ । प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले फागुन ७ गते टुँडिखेलमा नागरिक घोषणापत्र सार्वजनिक गर्ने भएको छ । शोभाभगवतीमा मंगलबार सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सालिक अघि गरिएको कार्यक्रममा पत्रकार तथा लेखक नारायण वाग्लेले घोषणापत्र सार्वजनिक गरेपछि नयाँ आन्दोलनको उभार आउने बताए ।

शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु र धर्मभक्त माथेमालाई फाँसी दिइएको सिफल चौरमा आन्दोलनका कार्यक्रम गरेर मंगलबार नागरिक आन्दोलन शोभाभगवती पुगेको थियो ।नागरिक अगुवा वाग्लेले चार जनाको सहादत र हजारौं नेपालीको योगदानपछि ७० वर्षअघि प्राप्त प्रजातन्त्रको इतिहास पुनर्व्याख्या गर्दै कहाँ–कहाँ नागरिक अधिकार दमन र कुण्ठित गरियो भनेर पुनर्प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पशुपति मन्दिरस्थित शिवलिंगमा सुनको जलहारी हाल्न पैसा दिने उद्घोष गरेर राज्यकोष लुट्न लागेको टिप्पणी वाग्लेले गरे । वाग्लेले राणा शासनमा ठूला–ठूला दरबार वरपर हिँड्न कर्फ्यु लगाइएजस्तै अहिले निषेधाज्ञा लगाइएको उल्लेख गरे । ‘फागुन ७ मा टुँडिखेलमा भेला भएर ७० वर्षयताको एक–एक हिसाब माग्नुपर्छ,’ उनले भने ।

कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.