भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नापी अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • माघ ६, २०७९
  • 277 Views
नापी अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर image

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत घनश्याम दुवेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत दुवे र सर्वेक्षक ठाकुरप्रसाद गुरौसहित चार जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । रुपन्देहीको साबिक सेमलार गाविस वडा नम्बर २९ग०, किनं ३४८३ को ११ धुर क्षेत्रफल जग्गा खरिद गरेकामा जग्गाधनीको कुनै अनुमति र जानकारीबिना नापी कार्यालयका कर्मचारीले पछाडिको मोहडापट्टिबाट ३ धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई नक्सा परिवर्तन गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

तत्कालीन नापी अधिकृत दुवे र सर्वेक्षक साबिकको सेमलार गाविस वडा नं। २९ग०, किनं ३५९४ कित्ताकाट गरी किनं ४१९१ र ४१९२ कायम गर्दा किनं ४१९१ लाई किनं ३४३४ र किनं ३५८८ को बीचमा घुसाई किनं ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनधिकार वा गैरकानुनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ ।

साथै, आयोगले बुटवल उपमहानगरपालिका वडा नं। १३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरूले फाइदा लिने उद्देश्यले किनं ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको आरोपमा मुद्दा दायर गरेको छ । निजहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कैद र जरिमानाको मागदाबी गरिएको छ । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.