भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

निर्वाचन तयारीमा जुट्यो आयोग, १५ देखि २१ माघसम्म मतदाता अद्यावधिक गरिँदै


  • पुष १७, २०७७
  • 646 Views

काठमाडौं । निर्वाचन आयोग २०७८ वैशाखका लागि घोषित प्रतिनिधिसभा निर्वाचन तयारीमा जुटेको छ । आगामी १५ माघदेखि २१ माघसम्म देशभरका स्थानीय तहमा आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । निर्वाचन मिति घोषणापछि आयोगले गत ६ पुसबाटै मतदाता नामावली संकलन कार्य भने स्थगन गरिसकेको छ । आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ६ पुसअघि नामावलीमा दर्ता भएकाको अद्यावधिक प्रक्रिया सुरु गरिएको छ ।

गत ५ पुससम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा दर्ता गराएका मतदाताले वैशाखका लागि तय प्रतिनिधिसभा निर्वाचन मतदान प्रक्रियामा सहभागी हुन पाउनेछन् । आयोगले १५ माघदेखि देशभरका सबै स्थानीय तहमा रहेका केन्द्रमा गएर अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने छ । मतदातालाई आफ्नो स्थानीय तहका केन्द्रमा हुने अद्यावधिक कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।सो अवधिमा मतदाता नामावलीमा भएको विवरणमा त्रुटि भएको पाइए सच्याउन सकिने भन्दै आयोगले नामावलीमा हेरेर रुजु गर्न भनेको हो ।

यसैगरी, मृत्यु भएका वा बसाइसराई गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिन तथा झुठ्ठा विवरण दिई कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसविरुद्ध उजुर दिन पनि आयोगले आग्रह गरेको छ । आयोगले दुई चरणमा गरी हुने निर्वाचनका लागि करीब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । यसअघि, २०७४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको जनाइएको छ ।

त्यसबखत निर्वाचन प्रचार, मतदाता शिक्षा, सुरक्षा तथा मतदानमा आवश्यक सामग्री गरी ३० अर्बभन्दा बढी खर्च भएको थियो । आयोगले यसपटकको निर्वाचनमा भने अघिल्लो निर्वाचनका धेरै सामग्री प्रयोग गर्न सकिनेसमेत बताएको छ । आयोगसँग अघिल्लो पटक प्रयोग गरिएका मतपेटिका यसपटक धेरैजसो काम लाग्ने अवस्थामा छन् । सरकारले १७ र २७ वैशाख २०७८ मा दुई चरणमा गर्नेगरी प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.